साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाएर बासी मकै

सक्दैनौँ अब बस्न खान घरमा यो भात पानी गरी फिर्लान् पुत्र बधू कहाँ र कसरी पैह्रा छुट्यो यो घरी ढल्ला देह चिसो गडेर कि अझै ऊर्जा सुकी अङ्गकै निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

जाडोले तन ढाल्न धेर कसियो खोकी रुघाले डसी
ठन्डा मौसम बस्नु पर्दछ बुढा फेटा र नातो कसी
धन्दा गर्न बडो कठोर छ यहाँ चिन्ता भयो गाँसकै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥१

हुर्कायौँ कति दर्दका दिन खपी छोरा र छोरी सब
लागे चर्न विदेश तर्फ घर यो एक्लो बनाए अब
लाखौँ बाहिरिए युवा र युवती यो देश नेपालकै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥२

सच्चा कर्म गरेर यो मुलुकमा धानिन्छ चोला भनी
हामीले कति पल्ट आग्रह गर्‍यौँ आदर्शवादी बनी
पाई पुत्र परन्तु साथ नदिने लेखा बन्यो दैवकै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥३

गाह्रो भो अब बस्न खान घरमा साह्रै दशामा जिई
जाडोले पनि प्राण हर्छ कि कतै गाँजेर सातो लिई
केले गर्न सकिन्छ काम अहिले ऊर्जा झिकी बैँसकै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥४

जोई पोइ भएर चार बिसको छन् हाड छाला अब
आफैँ कर्म गरेर खान नसके के हुन्छ चाला अब
रेलो लाग्दछ गाथमा हृदयमा चिन्ता तथा शोककै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥५

सक्दैनौँ अब बस्न खान घरमा यो भात पानी गरी
फिर्लान् पुत्र बधू कहाँ र कसरी पैह्रा छुट्यो यो घरी
ढल्ला देह चिसो गडेर कि अझै ऊर्जा सुकी अङ्गकै
निन्द्रा लाग्छ कसोगरी अब बुढा खाएर बासी मकै॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x