साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘आरोह जनसङ्गीत यात्रा’ मा सामुहिक सारङ्गी वादन

यस श्रृङ्खलामा गन्धर्व समुदायका १४ जना सारङ्गी वादकहरूले विभिन्न लोकधुनहरू प्रस्तुत गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडाैँ, २०८० फागुन ५ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा राष्ट्रय जनसङ्गीत कलाकार सङ्घ, नेपालले नियमित रुपमा गर्दै आएको कार्यक्रम ‘आरोह जनसङ्गीत यात्रा’को एक्चालिसौँ श्रृङ्खला सम्पन्न भएको छ ।

यस श्रृङ्खलामा गन्धर्व समुदायका १४ जना सारङ्गी वादकहरूले विभिन्न लोकधुनहरू प्रस्तुत गर्नु भएको थियो । जनसङ्गीत कलाकार सङ्घ, नेपालका अध्यक्ष वैकुण्ठ महतको अध्यक्षता, सचिव जीतेन्द्रप्रसाद चौधरीको सञ्चालन रहेको थियाे ।

प्रमुख अतिथिको मन्तव्यका क्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सारङ्गी नेपालकाे पहिलो लाेकबाजा भएर पनि उपेक्षामा परेकाे, गन्धर्व जातिले गाडीमा , गाउँघरमा घुम्दै सारङ्गी बजाएर बाँच्नुपर्ने विवशता रहेको कुरा उल्लेख गर्नुभयाे ।

साथै उहाँले अब गन्धर्व जाति र सारङ्गीकाे नेपाली लाेकसंस्कृतिमा भएको याेगदानलाई बचाउनका लागि सरकारकाे ध्यान जानुपर्ने र यश बाजाको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भाव व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा महासङ्घ, नेपालका उपाध्यक्ष आर.सी. न्यौपाने, कार्यवाहक महासचिव अशोक राई, सचिवालय सदस्य भरत नेपाली, आर.एम. डंगाेल, के.स. तथा कर्णाली प्रदेश ईन्चार्ज पदम रोकाया, केन्द्रीय सदस्य अच्युत घिमिरे, रामप्रसाद अवस्थी, मोतीराज खनाल, राजेन्द्र कुमार कार्की, राष्ट्रिय भाषा तथा लोकसाहित्य सङ्घ, नेपालका अध्यक्ष प्रा.डा. ऋषिराम शर्मा, सामाजिक सांस्कृतिक अध्ययन सङ्घ, नेपालका संयोजक, धनेन्द्र बस्नेत, प्राज्ञिक परामर्श परिषद सदस्य डम्बर पहाडी ‘एलाक’लगायतका संस्कृतिकर्मीहरू अतिथिका रुपमा उपस्थित हुनुहन्थ्यो ।

काठमाडाैँ यूनिभर्सिटिका सहायक प्राेफेसर भरत नेपालीले सारङ्गी नेपालको पुरानाे लोकबाजा रहेकाे र यो बाजा प्रयोगकर्ताहरूले सुरतालको ज्ञान हासिल गर्ने कुरामा बढी ध्यान दिनसकेमा गन्धर्व समुदाय पनि व्यावसायिक रूपमा सफल हुन सक्छन् भन्ने कुरा राख्नु भयो ।

०००
– अच्युत घिमिरेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x