फित्काैली डटकमराैतहट, चपुरमा दुई पुस्तक विमोचन सहित तीनजना सम्मानित
प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा अभिव्यक्ति द्वैमासिक साहित्यिक पत्रिकाका संस्थापक संरक्षक तथा प्रधान सम्पादक नगेन्द्रराज शर्माले विमोचन गर्नु भएको थियाे।

रौतहट, चपुर २०८० फागुन ७ । रौतहटको चन्द्रनिगाहपुरमा भएको एक साहित्यिक कार्यक्रममा दुईजना स्रष्टाको पुस्तक विमोचनका साथै तीनजना समाजसेवीलाई सम्मान गरिएको छ ।
स्रष्टा समाज नेपाल र साहित्य सञ्जाल रौतहटको संयुक्त आयोजना र चन्द्रपुर नगरपालिका वडा नं ५ को प्रायोजनमा भएको सो कार्यक्रममा काठमाडौंबाट नेपाल स्रष्टा समाजका सोह्रजना साहित्यकारहरूको सहभागिता थियो भने उदयपुर, सर्लाही, रौतहट, बारा, मकवानपुर लगायतका जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा साहित्यकार शीतल गिरीको आरम्भ निबन्धसङ्ग्रह र डा. शालिग्राम शर्माको अविनासी अन्तरा कवितासङ्ग्रहको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा अभिव्यक्ति द्वैमासिक साहित्यिक पत्रिकाका संस्थापक संरक्षक तथा प्रधान सम्पादक नगेन्द्रराज शर्माले विमोचन गर्नु भएको थियाे।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले नेपाली भाषा साहित्यको उन्नयनका लागि निजी क्षेत्रबाट भइरहेका प्रयास महत्वपूर्ण रहेको र चन्द्रपुरमा भएको यस कार्यक्रमले समाजसेवीहरूलाई सम्मान गर्नु महत्वपूर्ण कुरा भएकोले यो कार्यक्रम ऐतिहासिक भएको बताउनु भयो ।
सो कार्यक्रममा चन्द्रनिगाहपुरमा रहेर लामो समयदेखि शिक्षा तथा समाजका विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै चन्द्रपुर नपा वडा नं ५ ले ९० वर्षिय रामकृत चौधरी, मुस्लिम महिला अगुवा मर्जिना खातुनलाई र २००७ सालका स्वतन्त्रता सेनानी छविलाल घिमिरेलाई मरणोपरान्त दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा स्रष्टा समाज नेपालका पदाधिकारी तथा सदस्यहरू सोह्रजनाको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष एवम् अभिव्यक्ति साहित्यिक द्वैमासिक पत्रिकाका संरक्षक संस्थापक नगेन्द्रराज शर्माको नेतृत्वमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिम्सिना, साहित्य पोष्ट अनलाइनका प्रधान सम्पादक अश्विनी कोइराला, वरिष्ठ साहित्यकार शीतल गिरी, डा. सदानन्दन कँडेल, डा. शान्तिमाया गिरी, राजेश खनाल, गंगाप्रसाद भेटवाल, सुमन पुडासैनी, बुद्धिसागर पौडेल, सुभाषचन्द्र पौडेल भिमफेदिया, सुष्मा आचार्य, तारा सुवेदी, मधु पाठकको सहभागिता रहेको थियो ।
रचना वाचन सहित सम्पन्न भएको सो कार्यक्रममा वक्ताहरूले भाषण गर्नेभन्दा पनि स्रष्टाहरूले दुई दर्जन बढी रचनाहरू वाचन गरेर कार्यक्रमलाई रोमाञ्चक बनाइएको थियो ।
सो कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाज नेपालले विगतमा र हालमा गरिरहेका कार्यहरूको बारेमा जानकारी दिंदै स्रष्टा समाज नेपालले सातवटै प्रदेशमा शाखा विस्तार गरेको र स्रष्टा समाजको पूर्व अध्यक्ष पवन आलोकको सक्रियतामा पन्ध्रलाखको अक्षयकोष स्थापना गरी पुरस्कार तथा सम्मान कार्यक्रम समेत गर्ने योजना आगामी वर्षदेखि प्रारम्भ गर्ने र शिर ठाडो पारेर प्रत्येक वर्ष सातवटा पुरस्कार वितरण गर्ने जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा उदयपुरका माधव पोखरेल गोज्याङ्ग्रे, बाराकी सरु बस्नेत, सर्लाहीका जीवन आचार्य, रौतहटका माधव काफ्ले, स्रष्टा महासचिव देविका घिमिरे लगायतका स्रष्टाहरूले रचना वाचन सहित शुभ कामना मन्तव्य दिएका थिए । रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा सर्लाहीका लम्बोदर काफ्ले, सुष्मा आचार्य काठमाण्डौ, श्यामहरी चौलागाई रौतहट, मसान उपासक मकवानपुर, विश्वनाथ सञ्जेल मकवानपुर, रेणुका जिसी रौतहट, तेज विक्रम कार्की रौतहट, राम आचार्य रौतहटले रचना वाचन गरेका थिए ।
यसै गरी रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा अनन्त कोइराला रौतहट, तारा सुवेदी काठमाण्डौ, डा. शान्तिमाया गिरी काठमाण्डाैं, सुभाषचन्द्र पौडेल भिमफेदिया, गंगा प्रसाद भेटवाल झापा, सुमन पुडासैनी काठमाण्डौ, बुद्धि सागर पौडेल काठमाण्डौ लगायतका स्रष्टाहरूले आआफ्नो रचना वाचन गर्नु भएको थियो ।
चन्द्रपुर नपा वडा नं ५ का वडाध्यक्ष निलहरी कोइरालाको अध्यक्षता, हरिकृष्ण काफ्लेको सञ्चालन तथा माधव काफ्ले र राम आचार्यको संयोजनमा सो कार्यक्रम भएको थियो ।
०००
-माधव पोखरेलद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest






































