साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्जकद्वय कृष्ण जोशी र योगेश वैद्यको स्मृतिसभा सम्पन्न

परिषद्का अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा आयोजित सो सभामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार दिनेश अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडौँ, वासु शशी स्मृति परिषद्ले डालो रेस्टुरेन्ट, अनामनगरमा वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको स्मृतिसभाको आयोजना गर्‍यो ।

परिषद्का अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा आयोजित सो सभामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार दिनेश अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दुवै सर्जकका बारे आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

गायिका रीता महर्जनले संचालन गर्नुभएको सो कार्यक्रममा संस्थाका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । यसपटक “वासु शशी साहित्य सम्मान–२०८०” वरिष्ठ गीतकार किरण खरेललाई र ‘वासु शशी साहित्य पुरस्कार–२०८०’ पुरस्कार प्रतिसरा सायमिलाई प्रदान गरिने पनि घोषणा गरिएको थियो । यसैगरी यसैपटक स्थापना गरिएको “कृष्ण सरस्वती साहित्य पुरस्कार” डा. विष्णु राईलाई प्रदान गरिने पनि जानकारी गराइएको थियो ।

सो सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८८औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने र उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताउनु भयो । उहाँले राधेश्याम लेकालीको संयोजकत्वमा प्रद्युम्न जोशी र सुमन वर्षा रहेको तीन सदस्यीय समितिको सिफारिसमा सो निर्णय गरिएको पनि उल्लेख गर्नुभयो ।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, ईन्दिरा प्रसाई, राधेश्याम लेकाली, माेमिला र श्यामल पुरस्कृत भइसक्नु भएको छ ।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, शैलेन्द्र साकार, हिरण्य भाेजपुरे र डा. गाेपीकृ्ष्ण खतिवडा सम्मानित भइसक्नु भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, जयदेव भट्टराई, तुलसीहरि कोइराला, प्रा.डा. गोविन्दमानसिंह कार्की, मुरारी सिग्देल, सुन्दर जोशी, छविरमण सिलवाल, श्याम प्रधान, अनुपम रोशी, गीता कार्की, सुमन वर्षा, हरिश कल्पित, सुदर्शन श्रेष्ठ, नवीन शाही, रुद्र अधिकारी, सरस्वती गौतम लगायत सरस्वती जोशी र तैयरा बैद्यका परिवारजनको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x