साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठी नेपालको १३५ औँ कार्यक्रम

शीतल गिरीकै अध्यक्षतामा भएको सो कार्यक्रममा कल्पतरुका प्रकाशक एवम् प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’को प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

भक्तपुर, फागुन १२ । घुम्ती कविगोष्ठी नेपालको १३५ औँ शृङ्खलाको कविगोष्ठी सम्पन्न भएको छ ।

कविगोष्ठी मध्यपुर ठिमी नगरपालिका- ८, बोडेको सूर्योदय समाजस्थित सहित्यकार तथा स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरीको निवासमा भएको थियो ।

शीतल गिरीकै अध्यक्षतामा भएको सो कार्यक्रममा कल्पतरुका प्रकाशक एवम् प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’को प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा कवि वसन्त रिजाल, खोलाघरे साहिँलो, महेन्द्र चालिसे, डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, जन्मभूमि पुस्तकालय बोडेका अध्यक्ष सजीव श्रेष्ठ, वरिष्ठ सङ्गीतकार एन.बी. जनकपुरी र डा. बालचन्द्र मिश्र हुनुहुन्थ्यो ।

कार्यक्रम शीतल गिरीको जन्ममहिना पारेर गरिएको हुनाले आसनग्रहणपश्चात् घुम्ती कविगोष्ठीका अध्यक्षले सयपत्री फूलको माला लगाइदिँदै शतायुको कामना गर्नुभएको थियो । बिहान ८ बजेबाट सुरु भएको यो कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष त्रिलोचन आचार्यले स्वागत मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो ।

त्यसपछि कविता वाचन गर्ने कविहरूमा अतिथि लगायत ओमप्रसाद कोइराला, शारदा पराजुली, बुद्धिसागर पौडेल, रुबी सत्याल, जयराम बिडारी, शोभा पोखरेल, गङ्गाप्रसाद भेटवाल र परशुराम पराशर हुनुहुन्थ्यो ।

१० बजे समापन भएको यस कार्यक्रमको अन्त्यमा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठले कविता वाचनसहित धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठीका सचिव रामकुमार पण्डितले गर्नुभएको थियो ।

०००
– पर्शुराम पराजुलीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x