साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘व्यथित काव्य सम्मान’ बेलबासे र दाहाललाई

साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासेलाई "व्यथित काव्य सम्मान-२०८०" प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले "व्यथित काव्य डायस्पोरा सम्मान- २०८०" कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० चैत ७ । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासेलाई “व्यथित काव्य सम्मान-२०८०” प्रदान गर्ने भएको छ ।

यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८०” कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ ।

सो निर्णय साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।

कवि बेलबासेका सागरको वरिपरि मनहरूको समारोह (२०५८), अचानक यो साँझ (२०६६), त्रासमा ईश्वर र अन्य कविताहरू (२०६९), यतै कतै (२०७७) जस्ता कवितासङ्ग्रह प्रकाशित छन् ।

ढाकावाङ, अर्घाखाँचीका कवि ठाकुर बेलबासेले विनय रावल स्मृति प्रतिभा पुरस्कार, राष्ट्रिय कविता महोत्सव पुरस्कार, नेपाल प्रज्ञा-प्रतिष्ठान (प्रथम), युवा वर्ष मोती पुरस्कार, साझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कार लगायतका पुरस्कार पाइसक्नु भएको छ ।

यसैगरी लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् ।

कवि खेमनाथ दाहाल गेरु-अम्बिका वाणी पुरस्कार, छन्दोबद्ध कृति पुरस्कार (अनेसास), साहित्य सन्ध्या नियात्रा पुरस्कार, पुष्पपराग साहित्य परममाया/कृष्णप्रसाद थपलिया सम्मान, मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान लगायतका पुरस्कार पाइसक्नु भएको छ ।

वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ ।

यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की सम्मानित भइसक्नु भएको छ ।

यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भइसक्नु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x