सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्ञान हस्तान्तरण

वृद्धावृद्ध सबै निपूर्ण कतिमा, जानेर जिम्मा दिनू । ज्ञानी सिद्ध रहेर कर्म जनमा, सम्पूर्ण शिक्षा लिनू ॥ ती कर्तव्य सदा सबै स्वजनले, लेओस् भई सर्जक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

सारा वृद्धहरू रहून् शमनमा, भारी बिसाई यहाँ ।
बोकून् भार युवा सबै युगलले, भारी मिलाई जहाँ ॥
मायाको रसपान होस् मनुजमा, होस् जिन्दगी सार्थक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१॥

वृद्धावृद्ध रहे समान घरका , द्यौता पुकारे कसै ।
मानोस् ईश्वरझैँ समान अब ता, आकाश धर्ती जसै ॥
राखोस् ज्ञान सदा हियो पटलमा, सम्झोस् सदा पाठक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२॥

लागोस् सक्रियता समाज हितमा, छोडेर पाका मन ।
छोडोस् नीति यहाँ नयाँ युगलमा, होस् देशको त्यो धन ॥
लेओस् लाभ समाजका मनुजले, जानोस् भई भावक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३॥

देओस् हेर समाजका युवकले, सन्मान माया सब ।
अर्पे जीवन जिन्दगी मुलुकमा, सत्प्रेम जोडी अब ॥
लागोस् हैअब योगदान सबमा,सम्झोस् न पुर्खा तक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४॥

वृद्धावृद्ध सबै निपूर्ण कतिमा, जानेर जिम्मा दिनू ।
ज्ञानी सिद्ध रहेर कर्म जनमा, सम्पूर्ण शिक्षा लिनू ॥
ती कर्तव्य सदा सबै स्वजनले, लेओस् भई सर्जक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥५

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान (शृङ्खला- ४)

वृद्धाको माया र सन्तान...

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण- २

ज्ञान हस्तान्तरण- २

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान

वृद्धाको माया र सन्तान

राजेन्द्रकुमार बज्राचार्य
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
“बा” काव्यांश- २३

“बा” काव्यांश- २३

दीनानाथ पाेखरेल