साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञान हस्तान्तरण

वृद्धावृद्ध सबै निपूर्ण कतिमा, जानेर जिम्मा दिनू । ज्ञानी सिद्ध रहेर कर्म जनमा, सम्पूर्ण शिक्षा लिनू ॥ ती कर्तव्य सदा सबै स्वजनले, लेओस् भई सर्जक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

सारा वृद्धहरू रहून् शमनमा, भारी बिसाई यहाँ ।
बोकून् भार युवा सबै युगलले, भारी मिलाई जहाँ ॥
मायाको रसपान होस् मनुजमा, होस् जिन्दगी सार्थक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१॥

वृद्धावृद्ध रहे समान घरका , द्यौता पुकारे कसै ।
मानोस् ईश्वरझैँ समान अब ता, आकाश धर्ती जसै ॥
राखोस् ज्ञान सदा हियो पटलमा, सम्झोस् सदा पाठक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२॥

लागोस् सक्रियता समाज हितमा, छोडेर पाका मन ।
छोडोस् नीति यहाँ नयाँ युगलमा, होस् देशको त्यो धन ॥
लेओस् लाभ समाजका मनुजले, जानोस् भई भावक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३॥

देओस् हेर समाजका युवकले, सन्मान माया सब ।
अर्पे जीवन जिन्दगी मुलुकमा, सत्प्रेम जोडी अब ॥
लागोस् हैअब योगदान सबमा,सम्झोस् न पुर्खा तक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४॥

वृद्धावृद्ध सबै निपूर्ण कतिमा, जानेर जिम्मा दिनू ।
ज्ञानी सिद्ध रहेर कर्म जनमा, सम्पूर्ण शिक्षा लिनू ॥
ती कर्तव्य सदा सबै स्वजनले, लेओस् भई सर्जक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥५

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x