साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोषण पाण्डे तीर्थ सदन पुरस्कार स्रष्टा मन्दिरा मधुश्रीलाई

उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै  “पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८१”ले सम्मानित गर्नुका साथै दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो ।

Nepal Telecom ad

नेपाली साहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार तथा कवि पोषण पाण्डे को ३२ औं स्मृति दिवस कार्यक्रम वैशाख ७ गते शुक्रबार मनाइयो ।

उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले मोरङ, विराटनगर ( हाल भक्तपुर ) निवासी साहित्यकार मन्दिरा मधुश्रीलाई उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै  “पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८१”ले सम्मानित गर्नुका साथै दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो ।

सदन पदाधिकारी, निर्णय कमिटी तथा परिवारजनको उपस्थितिमा सदनको कार्यालयस्थित मीनभवनमा भएको उक्त समारोहमा पोषण पाण्डेका कथा तथा कविता वाचन गरेर उहाँप्रति श्रद्धा अर्पण गरिएको थियो भने पुरस्कार निर्णय कमिटीको संयोजक समेत रहनुभएकी वरिष्ठ साहित्यकार माया ठकुरीले मन्तव्यका क्रममा साहित्यमा निरन्तर लागिरहने नयाँ पुस्तालाई यस्तो सम्मानले निक्कै सकारात्मक सन्देश जाने बताउनु भएको थियो ।

कथा, गीत, गजल, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएकी मन्दिराको चयनले नयाँ पुस्तालाई प्रेरणा र पोषण पाण्डेको आत्मालाई सन्तुष्टि प्राप्त हुने आफ्नो विश्वास रहेको पनि उहाँले बताउनुभयो ।

भविष्यमा पोषण पाण्डेका कृतिहरू प्रकाशन, पुन:प्रकाशन गराउँदै जानुको साथसाथै सदनले साहित्य लगायत सामाजिक सेवामा समेत योगदान पुर्याउने उद्देश्य लिएको बारे पोषण पाण्डे तीर्थ सदनकी महासचिव रन्जु पाण्डेले आफ्नो मन्तव्यमा बताउनु भयो ।

त्यस्तै सदनका कोषाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको उक्त समारोहलाई यसै सदनका अध्यक्ष तथा साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x