फित्काैली डटकममनोहरा साहित्य समाजको ८८औं शृङ्खला सम्पन्न
अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यकार अभियन्ता गोविन्द घिमिरे वेदमणिको प्रमुख तथा रामचन्द्र रिजालको विशिष्ट आतिथ्यमा आज सम्पन्न भयो।

काठमाडाैं, २०८१ वैशाख ८ । मनोहरा साहित्य समाजको ८८औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यकार अभियन्ता गोविन्द घिमिरे वेदमणिको प्रमुख तथा रामचन्द्र रिजालको विशिष्ट आतिथ्यमा आज सम्पन्न भयो।
सचिव भावकेशर बरालद्वारा सञ्चालित सो कार्यक्रम सभाध्यक्ष अर्यालद्वारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन गरेपछि प्रारम्भ भएको थियो भने स्रष्टाहरूका रचनावाचन, मन्तव्य एवं शुभकामना हुँदै समापन भएको थियो।
कार्यक्रममा अतिथि रामचन्द्र रिजालले आफ्ना भनाइ सहित रचना वाचन तथा प्रमुख अतिथि घिमिरेले संस्थालाई शुभकामनासहित वाचित रचनाहरूमाथि टिप्पणी गर्नुभएको थियो । प्रमुख अतिथिको भनाइ थियो साहित्यमा लाग्नेले आलोचना सुन्न सक्नुपर्छ।
रचनावाचन गर्नेहरूमा डिल्लीराज अर्याल, घनश्याम प्रसाईं, खोदनाथ चापागाईं, भावना न्यौपाने, नूरदेव खनाल, धरणीधर गुरागाईं, दीनानाथ पोखरेल, कृष्णप्रसाद पौडेल, रुद्र अधिकारी, सरिता घिमिरे, डा. गणेशराज अधिकारी, सम्पत् काफ्ले, बुद्धिसागर पौडेल, गोविन्द नेपाल, भालचन्द्र भण्डारी, चन्द्र मादेन, राजेन्द्रकुमार बज्राचार्य, दीपक श्रेष्ठ, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, केशव ज्ञवाली, आर सि रिजाल, भावकेशर बराल,गोविन्द घिमिरे वेदमणि, जसध्वज गुरुङ लगायतका स्रष्टा हुनुहुन्थ्यो ।
कार्यक्रममा चिरञ्जीवी रेग्मी, वसन्त रिजाल, कपिल अर्याल लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो भने स्रष्टाहरूका स्तरीय गीत कविता भजनले कार्यक्रमलाई भव्य बनाएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest










































