साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक पत्रकार संघद्वारा सपना राउतलाई बधाई !

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सो स्वागत सम्मान समारोहमा अन्य अतिथिहरू पनि थिए ।

Nepal Telecom ad

काठमाडौं, २०८१ जेठ १२ । साहित्यिक पत्रकार संघके होटल तपस, काठमाडौंमा कार्यक्रमको आयोजना गरी टेक्सस अमेरिकाको Greater Austin Nepalese Society की नवनिर्वाचित कार्यसमिति सदस्य Software Engineer सपना राउतको स्वागत तथा सम्मान गरेको छ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सो स्वागत सम्मान समारोहमा अन्य अतिथिहरू साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुञ्जन की संस्थापक एवं निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक तथा पूर्व सचिव एवं कवि देवेन्द्रप्रसाद सिटौलाको उपस्थिति रहेको थियो।

कार्यक्रममा Greater Austin Nepalese Society की नवनिर्वाचित सदस्य सपना राउतलाई प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष लेकालीले फूलको माला तथा रूद्राक्षको मालासहित बधाईपत्रले सम्मान गरेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै कलाकार मदनदास श्रेष्ठले अमेरिका जस्तो ठाउँमा बसेर सामाजिक सेवा तथा नेपाली भाषा, साहित्य र कला क्षेत्रमा धेरै नेपालीहरू लागेकोमा खुशी व्यक्त गर्दै Greater Austin Nepalese Society को कार्यसमिति सदस्यमा निर्वाचित हुन सफल भएकी सपना राउतलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए।

सम्मानित व्यक्तित्व सपना राउतले आफ्नो कार्यकालमा नेपाल, नेपाली, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा खटेर लाग्ने बताएकी थिइन्।

कार्यक्रममा सभाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै Greater Austin Nepalese Society को विगतदेखिको गतिविधिमाथि प्रकाश पारेका थिए। विदेशमा रहेर नेपाली साहित्य, कला र संस्कृतिको उन्नयनमा सोसाइटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए भने साहित्यिक पत्रकार सङ्घले गर्दै आएको विविध योगदानको चर्चा पनि गरेका थिए। साथै उनले देशले आर्थिक उन्नति तथा देश थाम्ने सवालमा साहित्यकारहरूले अहम् भूमिका खेल्नु पर्ने तथा विसङ्गति र विकृतितर्फ साहित्यकारहरूको कलम चल्नु पर्ने कुरा बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लगायत सभापति लेकालीले सामाजिक अभियन्ता, गीतकार शोभित उप्रेतीलाई हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक कोषाध्यक्ष पदमा मनोनित हुनु भएकोमा हार्दिक बधाई दिँदै सम्मान गरेका थिए।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका महासचिव डा. दामोदर पुडासैनी ‘किशोर’ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि पारू तिमिल्सिनाले गरेकी थिइन्।

कार्यक्रमको अन्तमा बाल कलाकार रञ्जना थपलियाको सुन्दर तथा आकर्षक नृत्य प्रस्तुति गरिएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x