साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्व वाङ्मय प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवमा नाैजना व्यक्तित्व सम्मानित

रामप्रसाद पन्तकाे अध्यक्षता र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि.आर. पोखरेललाइ सम्मानित गरिएकाे थियाे ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ जेठ १२ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २५ औँ वार्षिकोत्सव समाराेह समाराेह सम्पन्न भएकाे छ ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तकाे अध्यक्षता र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि.आर. पोखरेललाइ सम्मानित गरिएकाे थियाे ।

त्यसै गरी अमरकुमार प्रधान र वासुदेव गुरागाईं, विद्वच्छिरोमणि हेमराज पुरस्कारबाट, प्रा. दिनेशराज पन्तलाइ दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट, सिर्जनशिल अपाङ्ग विद्यालय, हरिकला गुणाकर र दायित्व रचना पुरस्कारबाट विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त स्रष्टा पुरस्कारबाट रागेश्वरी पन्त, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट सृष्टि केसीलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथीय मन्तव्यकाे क्रममा रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य समाजको ऐना भएको बताएका हुन् । उनले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउँदै भने, ‘समय गतिशील छ र समाज पनि प्रगतिशील एवं परिवर्तनशील छ । त्यसैले हाम्रा सिर्जना र कामहरू पनि समय सापेक्ष र समाज सापेक्ष हुनैपर्छ । कल्पनाशीलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डोर्‍याउन सक्छ, मार्गदर्शन दिनसक्छ ।

ठाकुर शर्मा भणडारीद्वारा  काव्यमय स्वागतपछि दीप प्रज्वलन गरेर आरम्भ भएकाे  कार्यक्रममा रामप्रसाद पन्तकाे नियात्रा कृति काेशीकाे सेराेफेराे र दायित्व द्वैमासिककाे १४७ औँ अङ्क लाेकार्पण गरिएकाे थियाे ।

कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वहरू सृष्टि के.सी., राजेश्वरी पन्त, कृष्णप्रसाद पन्त, विष्णुप्रसाद पराजुली, वासुदेव गुरागाइँ (पिँडालु पण्डित), अमर कुमार प्रधान, प्रा. दिनेशराज पन्त, डि.आर. पाेखरेल र रमेशचन्द्र देवकाेटाले आफूहरू पुरस्कृत भएकाेमा गाैरवानुभूति गरेकाे बताएका थिए ।

प्रज्ञाप्रतिष्ठानकाे पारिजात कक्षमा सम्पन्न कार्यक्रममा साहित्यिक क्षेत्रमा सक्रिय स्रष्टा एवम् द्रष्टाकाे घनिभूत उपस्थिति रहेकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x