फित्काैली डटकममनोहरा साहित्य समाजको ८९औं शृङ्खला
अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यकार आर सी रिजालको प्रमुख तथा शीतल गिरी एवं मातृका कार्कीको विशेष आतिथ्यमा सम्पन्न भयो।

काठमाण्डौं, २०८१ वैशाख १२ । मनोहरा साहित्य समाजको ८९औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यकार आर सी रिजालको प्रमुख तथा शीतल गिरी एवं मातृका कार्कीको विशेष आतिथ्यमा आज सम्पन्न भयो।
कोषाध्यक्ष खोलाघरे साहिंलो तथा सदस्य भावना न्यौपानेद्वारा सञ्चालित सो कार्यक्रममा सभाध्यक्ष अर्यालद्वारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन गर्नुभएको थियो भने स्रष्टाहरूका रचनावाचन, मन्तव्य, शुभकामना एवं धन्यवाद हुँदै समापन भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि आर सी रिजालले मन्तव्य सहित रचना वाचन तथा विशेष अतिथि शीतल गिरीले संस्थाको प्रारम्भदेखिका कुरा उठाउँदै शुभकामना व्यक्त गर्नुभएको थियो।
रचनावाचन गर्नेहरूमा डिल्लीराज अर्याल, रूद्र अधिकारी, सावित्री खड्का, जसध्वज गुरुङ, खोलाघरे साहिंलो, नूरदेव खनाल, बि.नन्द वैद्य, राजन् पुडासैनी, खोदनाथ चापागाईं, राजेन्द्रकुमार बज्राचार्य, छविलाल अधिकारी, ओम आचार्य, अप्सरा पोखरेल, सरिता तिमसिना, सञ्जय सोती, गोपाल नेपाल, केशव ज्ञवाली आगत, बुद्धिसागर पौडेल, भालचन्द्र भण्डारी, विजया बस्नेत, कविराज घिमिरे, तोयानाथ सुवेदी, सूर्यप्रसाद डुम्रे, दीनानाथ पोखरेल, सुमन पुडासैनी, सम्पत् काफ्ले, आर सि रिजाल, भावना न्यौपाने लगायतका स्रष्टा हुनुहुन्थ्यो।
कार्यक्रममा, मातृला कार्की, मनिषा पोखरेल,चिरञ्जीवी रेग्मी, कपिल अर्याल, नवीनजङ्ग कार्की,… लगायतका सभ्यश्रोताहरूको उपस्थिति रहेको थियो भने गीत, कविता गजल लगायतका स्तरीय रचना प्रस्तुत गरिएका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष जसध्वज गुरूङले धन्यवाद ज्ञापन गर्दै सभापतिको अनुमतिले कार्यक्रम समापन गर्नु भएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest










































