साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानव पुस्तकको चौबिसौँ कार्यक्रम र दोस्रो वार्षिकोत्सव सम्पन्न

मानव व्यक्तित्वद्वय-शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा.श्री गौरी शङ्करलाल दास र पूर्व मुख्य सचिव तथा सशक्त मुक्त कवि डा. विमल कोइरालाको विशिष्ठ आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ १२ । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका अध्यक्ष कलानिधि दाहालको सभापतित्व, लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेश मैनालीको प्रमुख आमन्त्रित आतिथ्यमा सम्पन्न भयाे ।

मानव व्यक्तित्वद्वय-शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा.श्री गौरी शङ्करलाल दास र पूर्व मुख्य सचिव तथा सशक्त मुक्त कवि डा. विमल कोइरालाको विशिष्ठ आतिथ्य रहेकाे थियाे ।

सुशीला शर्मा धमालाको सटिक उद्घोषणमा मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका सर्वपक्षीय संरक्षक, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलको महत्तम स्वागत मन्तव्यपछि प्रमुख आमन्त्रित अतिथिबाट दीपोज्वलन गरियाे ।

राष्ट्रियगानपछि मानव व्यक्तित्वद्वयका गम्भीर विचारोत्तेजक विचार व्यक्तभए । चौबिस जना मानव व्यक्तित्वलाई सम्मान पत्र प्रदान प्रमुख अतिथिबाट र खादा पहिरन संस्थाका संरक्षकहरू- हरिभक्त सिग्देल, युवराज मैनाली, विष्णु पन्त, प्रा.डा अर्जुनदेव भट्टबाट सम्पन्न भयो।

सम्मानित व्यक्तित्वहरूमा पूर्व सचिव-आत्मराम पाण्डे, प्रो.इतिहासकार- दिनेशराज पन्त, प्रा.डा गोविन्दप्रसाद आचार्य, लेखक तथा प्रहरी महानिरीक्षक-अच्युतकृष्ण खरेल, वरिष्ठ कथाकार तथा नियात्राकार-विजय चालिसे, साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, समालोचक तथा कवि-प्रा.ठाकुर शर्मा भण्डारी, निबन्ध नियात्राकार तथा साहित्यकार रामप्रसाद पन्त, सशक्त गद्य कवि-महेश प्रसाईं, फ्रान्सका पूर्व राजदूत-निरञ्जन बस्नेत, पूर्व प्र.ना.म.नि.तथा अनुसन्धान विज्ञ-हेमन्त मल्ल, चिन्तक तथा राजनीतिक विश्लेषक-प्रा.डा सुरेन्द्र केसी, अध्यात्म चिन्तक-गोविन्द टन्डन, साहित्यकार प्रा.डा सुधा त्रिपाठी हुनुहुन्थ्याे ।

त्यसैगरी सशस्त्र पूर्व महानिरीक्षक- सनतकुमार बस्नेत, साहित्यकार,पद्य कवि- प्रा. प्रयागराज वाशिष्ठ, उपन्यासकार तथा सशक्त पद्य कवि- बाजुराम पौडेल, साहित्यकार- सुरेशकुमार भट्ट, लेखक तथा साइनो उपविधाका आविष्कारक-डा. छायादत्त न्यौपाने, पूर्व सचिव तथा लेखक- रामचन्द्रमान सिँह, साहित्यकार तथा पूर्व प्रजिअ- नरेन्द्रराज पौडेल, वरिष्ठ चिकित्सक- डा.गौरीशङ्करलाल दास, सशक्त गद्य कवि तथा पूर्व सचिव- डा.विमल कोइरालालाइ समेत सम्मानित गरियाे ।

सम्मानित व्यक्तित्वका सम्मान पत्र सशक्त आशु कवि तथा यस संस्थानका उपाध्यक्ष रामचन्द्र घिमिरेले वाचन गरे। कार्यक्रम नव पुस्तक तथा जेष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष विष्णुप्रसाद पन्तको विशाल पुस्तकालय कक्षमा भएकाे हाे ।

यसको लगत्तै दोस्रो चरणअन्तर्गत रचना वाचन सुरु भयो। रचनाकारहरू- तेजनाथ दङ्गाल, मेनका आचार्य, रामचन्द्र घिमिरे, शुचिता काफ्ले, राजेन्द्र भट्ट, सुन्दर खड्का, महेशप्रसाद रिजाल, विनोद पोख्रेल, विनोद दाहाल वत्स, उषा बस्ताकोटी, ध्रुव गजुरेल, सरस्वती अर्याल, सुशीला शर्मा धमाला लगायत थिए ।

०००
– कलानिधि दाहालकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x