साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जय साह ‘मित्र’को बज्जिका भाषामा पहिलाे महाकाव्य ‘बुद्ध’ विमोचित

गौर नगरपालिकाका प्रमुख शम्भु साहले बज्जिका भाषामा लेखिएको नेपालको पहिलो महाकाव्य बुद्धको विमोचन गर्दै भन्नु भयाे - याे भाषामा लेखिएकाे पहिलो महाकाव्य विमोचन गर्न पाउँदा औधी खुसी लागेको छ ।।

Nepal Telecom ad

रौतहटको गौर, २०८१ जेष्ठ १० । सञ्जय साह मित्रको बज्जिका भाषाको महाकाव्य बुद्ध विमोचन गरिएको छ । आकृति क्रिएसन प्रालिको आयोजना तथा बज्जिका साहित्य सङ्गम रौतहटको संयोजनमा विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

गौर नगरपालिकाका प्रमुख शम्भु साहले बज्जिका भाषामा लेखिएको नेपालको पहिलो महाकाव्य बुद्धको विमोचन गर्नुभएको थियो । महाकाव्य विमोचन गर्दै उहाँले भन्नुभयो, “मैले बज्जिका पहिलोचोटि सञ्जय साह मित्रबाट सुनेको हुँ । नेपालमा पहिलो महाकाव्य विमोचन गर्न पाउँदा औधी खुसी लागेको छ । नगरपालिकामा बज्जिका भाषा पढाइ भइरहेको छ, अझ व्यवस्थित गर्नुपर्छ । बज्जिका भाषा र साहित्यबारे के कति गर्न सकिन्छ भन्ने विषयमा विमर्श गर्छु ।”

कार्यक्रममा डा. कम्लेश्वर सिंन्हा, शिवचन्द्र शाह, शैलियादेवी ठाकुर, रेणु गुप्ता, हरिबहादुर जिसी, सञ्जय सुदामा लगायतको आतिथ्यतथा रहेको थियो ।

२०६१ सालमा मा पहिलोपल्ट बज्जिका भाषामा कृति प्रकाशन गरी नपालकै पहिलो बज्जिका भाषाको कृतिकार बन्नुभएका साहका अहिलेसम्म ११ वटा कृति प्रकाशित भइसकेका छन् ।

आकृति क्रिएसन प्रालिका राम अविकासको अध्यक्षतामा भएको विमोचन कार्यक्रमको सहजीकरण किशुनदयाल यादवले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x