फित्काैली डटकमस्रष्टासँग भेटघाट कार्यक्रम सम्पन्न
डा. पुष्करराज भट्टको स्वागतार्थ उहाँकै प्रमुख आतिथ्य र दमकका स्रष्टाहरूको विशेष जमघटमा कार्यक्रम सिर्जनात्मक रचना वाचन ।

झापा, २०८१ जेठ १५ । साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकको संयुक्त आयोजनामा सङ्गमको कार्यालयमा भएको स्रष्टासँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिमबाट पूर्व आउनु भएका वरिष्ठ साहित्यकार, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टको स्वागतार्थ उहाँकै प्रमुख आतिथ्य र दमकका स्रष्टाहरूको विशेष जमघटमा कार्यक्रम सिर्जनात्मक रचना वाचनसहित सम्पन्न गरिएको थियो ।
कार्यक्रममा साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपाने, उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोले, कोषाध्यक्ष ओमप्रसाद खनाल, सदस्य डा. लेखनाथ न्यौपाने, पूर्व उपाध्यक्ष हेम अधिकारी, आजीवन सदस्य भगवती दवाडी, प्रतिभा निकेतनका प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, सदस्य पदमप्रसाद ओलीलगायतका स्रष्टाहरूले मन्तव्य सहित रचना वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि भट्टले मन्तव्यमार्फत भाषा आयोगले अहिलेसम्म गरेका काम, आफ्नो योगदान र सिर्जनाको क्षेत्रमा आफूले चलाएको कलमको योगदानलाई प्रष्टसँग राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष विष्णु न्यौपाने र प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईले संयुक्तरूपमा अध्यक्षतामा गर्नुभएको थियो ।
कार्यक्रम ञ्चालन साहित्य कला सङ्गमका सञ्चालक सदस्य मेघनाथ बन्धुले गर्नुभएको थियो ।
०००
– विष्णु न्यौपानेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































