फित्काैली डटकमबस्नेतका एकैपटक पाँच कृतिको लोकार्पण

काठमाडाैं, २०८१ जेठ २६ । स्रष्टा अनन्तकुमार बस्नेतका एकैपटक एक पद्य गजल सङ्ग्रह र चार कविता सङ्ग्रह गरी पाँच कृतिको लोकार्पण गरिएकाे छ ।
प्रज्ञाप्रतिष्ठानको ठूलो सिद्धिचरण सभाकक्षमा कविकी नब्बे वर्षीय आमा- रत्नकुमारी बस्नेतको सभापतित्व, मुकुन्दशरण उपाध्यायको प्रमुख आमन्त्रित आतिथ्य, नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, मुकुन्द शर्मा चालिसे, चन्द्रप्रसाद न्यौपाने, अर्जुनकुमार न्यौपाने, बद्रीप्रसाद दाहाल, रेणुका सोलु, कलानिधि दाहाल, पूर्णबहादुर थापा लगायतकाे आतिथ्य एवम् सहभागिता रहेकाे थियाे ।
कार्यक्रमका नायक अनन्तकुमार बस्नेत, शर्मिला कार्की, हुतराज बस्नेतको विशिष्ट आतिथ्यमा रत्न विरही घिमिरेको कुशल र सटिक उद्घोघषणसँगै दीपोज्वलन एवं राष्ट्रिय गानपछि सुवासना अधिकारी, रोजिना गौतम, नुपुर घिमिरेद्वारा खादामाला पहिर्याइएपछि कार्यक्रमका नायक आफैँले आफ्नो मन्तव्यसहित स्वागत मन्तव्य दिनासाथ कृति लोकार्पित भयो। कृति लोकार्पितपछि लगातार मञ्चासीनहरूबाट कृतिसमीक्षा र शुभकामनाका वर्षा भए।
यससँगै कृतिभित्रका रचना वाचित भए भने वाचकहरूमा- पोखराका निकै कुशल वाचक शिव त्रिपाठी, साङ्गीतिक गुञ्जनसहितका वाचक चिरञ्जीवी सिग्देल, मुना खनाल, कुलप्रसाद नेपाल, गोमा रेग्मी पण्डित, आराध्य पौडेल, सरस्वती अर्याल, रत्न विरही घिमिरे रहे ।
विशिष्ठ अतिथि महामन्त्री गगनकुमार थापाले एउटा उल्लेखयोग्य कुरा व्यक्त गरेको पाइयो। साहित्यलाई कराईको मकैसँग तुलना गर्दै कप्टेरारूपी भावनाले चलाउनु पर्ने, मन त्यसको चालक भएकाले चलाइ कम भए डढ्ने, बढी भए पोखिनेको रोचक उदाहरण प्रस्तुत गरे र राजनीतिको “र”सम्म उच्चारण गरेनन्। यसलाई निकै सकारात्मक मनोविज्ञानका रूपमा लिनु पर्दछ।
अन्त्यमा यी पाँचवटै कृतिका प्रकाशक लोकमणि पौडेलले प्रकाशकका तर्फबाट विचार व्यक्त गर्दै कार्यक्रमको समापन पनि गरे। कार्यक्रम समापनमा आइपुग्दा साँढे पाँच घण्टाको समय व्यतित भएकाे थियाे ।
०००
– कलानिधि दाहालकाे साैजन्यबाट
Subscribe
Login
0 Comments
Oldest







































