अमर सन्ततितीन ठोक्तक
हात जोड्दै लगाउँछन् जी हजुरीका ताजहरू अरु बिगारी बनाउँछन् आफ्नो काम काजहरू जत्रो भाँडो पनि रित्याउन राख्ने ठूलो हैसियत चम्चाहरू नै यहाँ रमाउँछन् छोपी घिनलाजहरू ।

अमर सन्तति :
१.
सत्ता फेर्न पनि परमादेश चाहिन्छ
बचन बात फेर्न पनि सन्देश चाहिन्छ
उच्च दास मनोवृत्ति छ मेरो मालीमा ,
उसलाई सास फेर्न पनि आदेश चाहिन्छ ।
२.
कति ठान्छौ बहादुर आफैँलाई आँटी ?
कति मान्छौ बुद्धिमान आफैँलाई खाँटी ?
हाँसो पनि पैँचो लिई खाइ झूठो कसम,
कति बाँच्छौ अझै पनि आफैँलाई ढाँटी ?
३.
हात जोड्दै लगाउँछन् जी हजुरीका ताजहरू
अरु बिगारी बनाउँछन् आफ्नो काम काजहरू
जत्रो भाँडो पनि रित्याउन राख्ने ठूलो हैसियत
चम्चाहरू नै यहाँ रमाउँछन् छोपी घिनलाजहरू ।
०००
रामेछाप, हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































