साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्यांश- ४

फ्याँक्नै पर्नेछ मैले निज मन द्विविधा कर्म आभा उमार्न । जेजे छन् पेट पोल्ने रिपु भय मनका पर्छ जम्मै बढार्न ॥ ज्ञाता छन् ज्येष्ठ मेरा कृत विधि म सिकूँ कष्ट फ्याँकूँ बढारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

राम्रा बाजा र गाना सुरलयसँग हुन् नर्तकी नाच्न सक्ने ।
श्रोता द्रष्टा रमाई रसलय बटुली सौख्यमा प्रीत गाँस्ने ॥
आफू पस्कूँ सुबानी मन रमण हुने दिव्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥१६॥

नौलो होस् भाव सङ्लो मृदु रसयुत होस् सौख्यको स्रोत छाओस् ।
लागोस् वैकुण्ठ यै हो मनहित असुलोस् सौम्य आभा फिँजाओस् ॥
पार्नेछन् चेत चङ्गा असल रस मिलोस् भावना दिव्य पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥१७॥

राम्रा के सम्झना छन् विधि सब बटुली हिँड्नुपर्ने छ हामी ।
सोधौँ जे छन् नराम्रा हित जति म टिपूँ कर्म बन्नेछ नामी ॥
आफ्नै हो बुद्धि बढ्ने नियम सब लिऊँ योग्य लाग्ने सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥१८॥

पाकाका ज्ञान उम्दा अनुभव नलिए हुस्सुको काग बन्छु ।
हेक्का यो चेत राखी कृत पथ म बढे दिव्य सन्मार्ग खन्छु ॥
बाङ्गो बाटो नहिँड्ने प्रण खुद म गरूँ नेत्र आफ्ना उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥१९॥

फ्याँक्नै पर्नेछ मैले निज मन द्विविधा कर्म आभा उमार्न ।
जेजे छन् पेट पोल्ने रिपु भय मनका पर्छ जम्मै बढार्न ॥
ज्ञाता छन् ज्येष्ठ मेरा कृत विधि म सिकूँ कष्ट फ्याँकूँ बढारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२०॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x