साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेता दारी

जवाफमा बुढाले आफ्नो दारीमा हातले मुसार्दै भन्यो- “केटा हो ! मेरा यी दारी घामले डढेर मात्रै सेता भएका होइनन्, बुझ्यौ ?”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“ल ! अब यो सिक्री तानौँ र ऊ त्यो बुढालाई दोष लगाऔँ ।”
ट्रेनको एउटा कोचमा एउटा बुढो मानिस र केही उदण्ड केटाहरू यात्रा गरिरहेका बेला एउटा उदण्ड केटाले साथीहरूसँग प्रस्ताव राख्यो । सबै केटाहरू हाँसे र सही थापे ।

अर्को उदण्डले सावधान गरायो- “विनाकारण चेन तान्नेलाई रु.पाँचसय जरिवाना र ६ महिनाको कैद हुन्छ नि ।”
अर्कोले जुक्ती निकाल्यो- “हामी सबैजनाले पचास/पचास निकालौँ पाँचसय पुगिहाल्छ नि । त्यसमाथि पनि दोष त त्यो बुढालाई लाउने हो नि ! इनकेस तिर्नुपर्यो भने तिरौँला ।”
बुढाले हात जोडेर धेरै बिन्ती गर्यो तर कसैले एक सुनेनन् ।

सबैजनाले पचास/पचास उठाए, पाँचसय भयो । त्यसमध्येको एउटाले सबै रुपैयाँ जम्मा गरेर गोजीमा हाल्यो । चेन खिचियो । ट्रेन रोकियो । एकैछिनपछि टी.टी. र केही प्रहरी आएर सोधखोज गरे । ती बदमास केटाहरूले एकै स्वरमा बुढालाई देखाए ।
“ए बुढा ! तँलाई यो उमेरमा यस्तो हरकत गर्न लाज, डर केही लागेन ?” टी.टी. ले सोध्यो ।
“साहेब ! चेन खिँच्नु मेरो बाध्यता थियो । मसँग भएको सबै पाँचसय रुपैयाँ यिनीहरूले लुटेर लगे । त्यो पेैसा ऊ त्यो केटाको त्यो चैँ खल्तीमा राखेको छ । मेरा नोटहरू सबै पचासका छन् ।”

प्रहरीले खल्ती चेक गर्यो । नभन्दै बुढाले भनेझैँ नोटहरू भेटिए । अर्को स्टेसनमा सबै केटालाई कारबाहीको लागि पुलिसले ओराल्यो । ओर्लदै गर्दा सबै केटाले बुढालाई खाउँलाझैँ गरेर हेरे ।

उनीहरूको हेराइको जवाफमा बुढाले आफ्नो दारीमा हातले मुसार्दै भन्यो- “केटा हो ! मेरा यी दारी घामले डढेर मात्रै सेता भएका होइनन्, बुझ्यौ ?”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x