साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा कविता

नदीले भनिन् म त सफा नै जन्मेकी । समाचार बनाउछौ फोटो खिचाउछौ गरेर हालीमुहाली । बजाउन ताली । सोचेर बोल- किन दिएको गाली ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

नदी र मानिस- १

नदीलाई मैले भने
छ्या! तिमी कति फोहोरी
कसरी गरूँ सफा ?
तिम्रो फोहर सोहोरी ।

नदीले भनिन्
म त सफा नै जन्मेकी ।
समाचार बनाउछौ
फोटो खिचाउछौ
गरेर हालीमुहाली ।
बजाउन ताली ।
सोचेर बोल-
किन दिएको गाली ?

फोहोर गर्ने अपराधी छौ तिमी
गफ लाउछौ खाली
छ्या ! कस्तो यो तिमी
मानिसको जात नै जाली !!!

सामूहिक वन र मानिस- २

सामूहिक वनलाई मैले भने
कति मिहिनेत गरेर
रातदिन जाग्राम बसेर
तिमीलाई स्याहारेको
तिमीलाई उमारेको ।

वनले भन्यो
पहिले ग-याै  पाप
पारेर सखाप
अब फेरि काट्न नै उमार्दैछौ
यस्मा कुन छ तिम्रो प्रताप ??
तिम्रो छुद्रबुद्धि हेरेर
दुःखले चिच्याउन मन गर्छ
यो मानिसको जात “बाप रे बाप” ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x