फित्काैली डटकमइन्द्र सरितकाे ‘एक मुठी घाम’ विमोचन र सुभाना आख्यान सम्मान प्रदान
साहित्यकार दिल पौडेलको अध्यक्षतामा भएको उक्त विमोचन एवम् विमर्श कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूमा प्रा.डा. गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्ट रहनु भएको थियो ।

काठमाडाैं, २०८१ असार ४ । सङ्घीय राजधानीस्थित पुतलीसडकको सहारा क्याफेमा भएको एक कार्यक्रममा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह “एकमुठी घाम” को
विमाेचन गरियाे ।
प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले विमोचन गर्नु भएको थियो ।
विमोचन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरितका रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको र आज विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवलरूपमा रहेको बताउँदै आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गर्नु भएको थियोे ।
साहित्यकार दिल पौडेलको अध्यक्षतामा भएको उक्त विमोचन एवम् विमर्श कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूमा प्रा.डा. गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्ट रहनु भएको थियो ।
मन्तव्यको क्रममा प्रा.डा. पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको र उनी विशेषत नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताउनु भएको थियो ।
अन्य वक्ताहरूले पनि सरितकाे करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पादैॅ विमोचित कृतिले वर्तमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गर्नुभएको थियोे ।
विमोचित कृति “एक मुठी घाम” लघुकथाका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम्ले पनि आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाका आफ्ना अनुभवलाई व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रबन्ध निदेॅशक एवम् पत्रकार शिव विक मिलनले स्वागत मन्तव्य राख्नु भएको थियोे भने साहित्यकार अच्युत घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरितकाे बहुआयामिक व्यक्तित्वको बारेमा प्रकाश पादैॅ प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पन्तले सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्लाई “सुभाना आख्यान सम्मान – २०८१” बाट सम्मान गर्नुभएको थियो
।
०००
– बोधराज पौडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































