फित्काैली डटकमक्यानाडामा भेटघाट एवं पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न
भौतिक रूपमा उपस्थित हुन नसक्नु भएका परिचर्चाकार डा. नारायण पोखरेलले ‘हिउँको राप’माथि गर्नु भएको समीक्षा साहित्यकार शर्मिला पोखरेलले कार्यक्रममा वाचन गरेर सुनाउनु भएको थियो ।

एडमन्टन, अल्बर्टा, क्यानाडा, २०८१ असार १८ गते । क्यानाडाको अल्बर्टा राज्यको एडमन्टन शहरमा एक साहित्यिक कार्यक्रम हालै सम्पन्न भएको छ । यस कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीसँग स्थानीय साहित्यकारहरूको साक्षात्कार भएको थियो ।
उक्त कार्यक्रममा डा. कुसुमाकर शर्मा गौतमले लेख्नु भएको लघुकथासङ्ग्रह ‘हिउँको राप’ माथि परिचर्चा पनि गरिएको थियो । लघुकथासङ्ग्रह ‘हिउँको राप’माथि परिचर्चाकारहरू मोदनाथ खनाल, सुरेन उप्रेती, शर्मिला पोखरेलले आआफ्नो धारणा राख्नु भएको थियो ।
विशेष परिस्थितिले गर्दा भौतिक रूपमा उपस्थित हुन नसक्नु भएका परिचर्चाकार डा. नारायण पोखरेलले ‘हिउँको राप’माथि गर्नु भएको समीक्षा साहित्यकार शर्मिला पोखरेलले सो कार्यक्रममा वाचन गरेर सुनाउनु भएको थियो ।
साहित्यकार मोदनाथ खनालले ‘हिउँको राप’मा भएका लघुकथाहरूमा भाव एवं विचारको सम्प्रेषण विशेष किसिमले व्यक्त गरिएको उल्लेख गर्नु भएको थियो । साहित्यकार सुरेन उप्रेतीले ‘हिउँको राप’मा भएका लघुकथाहरूले कुन कुन विषयहरू समेटेको छ भन्ने सन्दर्भमा ती लघुकथाहरूले राजनीतिक अस्थिरता, नारी अधिकार, सामाजिक विसङ्गति, अज्ञानता, अन्धविश्वास एवं भ्रष्टाचारका मुद्धा सशक्त किसिमले उठाएको भन्नु भएको थियो ।
यसैगरी आफ्नो लिखित समीक्षामा डा. नारायण पोखरेलले डा. गौतमका लघुकथाहरूले राष्ट्रियताका विभिन्न आयामहरूबारे गम्भीरतापूर्वक विवेचना गरेको उल्लेख गर्नु भएको थियो साथै साहित्यकार शर्मिला पोखरेलले हिउँकाे रापभित्र रहेका लघुकथाहरू मध्ये आफूलाई मन परेको ‘माटोको सुवास’ लघुकथा वाचन गरेर सुनाउनु भएको थियो । र हिउँको राप भित्र रहेका अन्य लघुकथाकथाहरूले पनि आफ्नो मन छोएको उल्लेख गर्नु भएको थियो ।
सो भेटघाट एवं परिचर्चा कार्यक्रमको सहजीकरण एडमन्टन निवासी डा. रेमन्त केसीले गर्नु भएको थियो। अर्चित शर्माले उक्त कार्यक्रममा प्राविधिक सहयोग पुर्याउनु भएको थियो । कार्यक्रम एडमन्टनको नेपाली संस्था ‘नेपालिज क्यानेडिएन सोसाइटी अफ एडमन्टन’ को हलमा आयोजना गरिएको थियो ।
०००
– डा. कुसुमाकर शर्मा गौतमद्वारा प्रेषित ।







































हार्दिक बधाई
हार्दिक बधाई छ ।