साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लो जीवन

भन्छिन् नित्य बधू चुनेर घरमा राख्दा भयो सेविका ढाकेको छ यहाँ ठुलो विक्रितिले पाइन्न मान्छे निका आएको छ असार धान सबले रोपे र उम्रे चिँगा आफ्ना छन् गलखेत चौरसरिका चर्छन् मजाले डिँगा ?

Nepal Telecom ad

रामशरण न्यौपाने :

एक्लो जीवन बाँच्न बाध्य म भएँ छोरा बुहारी हुँदै
साह्रै त्याज्ज बनेर वृद्ध वयमा छोपेर आँखा रुँदै
थाकेको अति जीर्ण देह बिचमा छन् रोगले झन् छुँदै
हल्का कोसित गर्नु यो हृदयको सम्पूर्ण पीडा धुँदै ॥१

धेरैपल्ट प्रकोपले घर ढले आफैँ ठड्याएँ बलो
फोरी पत्थर खोरिया बल गरी गैरी बनाएँ खलो
मान्छेले किन भुल्छ हाय ! यसरी यो स्वर्गजस्तो थलो
भुल्दा जन्मथलो पिता अनि मुमा के हुन्छ होला भलो ॥२

आफ्नै पौरखबाट खान सकिने खेती थियो उर्वरा
लागे पुत्र बधू विपन्न मनले चुन्दै विदेशी धरा
छैनन् हात र पाउ यो समयमा धान्ने गृहस्थी दह्रा
भन्ने को छ कठैबरा तन ढले फाल्ने हरे कोपरा ॥३

आफू हिँड्दछु गाउँमा बल गरी लौरो समातीवरी
पत्नी छे अझ रोगले शिथिल त्यो उठ्ने नसक्ने गरी
साह्रै पर्दछ धौ चलाउन चुलो के माड लाग्ला हरि !
कस्ले लाउँछ नाउ पार अब यो उद्धार हाम्रो गरी ? ॥४

भन्छिन् नित्य बधू चुनेर घरमा राख्दा भयो सेविका
ढाकेको छ यहाँ ठुलो विक्रितिले पाइन्न मान्छे निका
आएको छ असार धान सबले रोपे र उम्रे चिँगा
आफ्ना छन् गलखेत चौरसरिका चर्छन् मजाले डिँगा ? ॥५

छोरो भन्छ पठाउनेछु धन त्यो भोग्नु मजाले पिता
देखी जीवन वृद्धको बगरमा हाँस्दैछ कालो चिता
जेथा त्यो कति दर्दसाथ थपियो को गर्छ खै सन्चिता ?
बाँकी लाग्दछ थोर बेर छ हरे ! जप्ने गीताको ऋचा ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x