साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औपचारिकता

“प्रमूखज्यू ! यो दिवस मनाउन कति बजेट बिनियोजन गरिएको थियो हजुरलाई सम्झना छ ?” नगर प्रमुखले जवाफ दिए “आज मलाई अर्को कार्यक्रममा जान हतार छ तपाईँहरू सबै भोली कार्यालयमै भेटौँन ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

परर ताली बज्यो । क्यामेराले सबैतिर बाट तस्विर खिचे ।
“यो हाम्रो राष्ट्रिय दिवस हो । सबै मिलेर यो दिवसलाई सफल बनाउनुपर्छ ।” नगर प्रमुख दयानन्दले लामो भाषणको अन्त्यमा भने ।

उद्घोषकले “अब दही चिउरा खाने कार्यक्रम छ । उपस्थित सबैलाई खाने कार्यक्रममा सहभागिता जनाइ दिनुहुन अनुरोध छ” भनि नसक्दै आसेपासे, हुक्के, चिलिमेले तँछाडमछाड गरेर सहभागिता जनाइसकेका थिए ।

हाम्रो देशमा राष्ट्रिय चाडको रूपमा मनाइने दिवसहरू औपचारिकता मात्र हुन थालेकाछन्। दिवसको महत्व, कुन वर्गको सहभागिता आवश्यक छ ? बिचार गरिँदैन । शहीद दिवसमा शालीकमा माल्यार्पण गर्ने र भाषण गर्ने । धान दिवसमा गमलामा धान रोपेर भाषण गर्ने । यस्तै अर्थहीन कार्यले एकातर्फ दिवसहरूको महत्व घट्दै गइरहेको छ भने अर्कातिर राष्ट्रिय ढुकुटीमा अपचलन बढेको छ ।

नगरपिताको प्रमूख आतिथ्यमा गरिएको कार्यक्रममा बाक्लै उपस्थित पत्रकारहरूले पारवहन सुविधाको खाम एक हातले समाउँदै अर्को हातले माइक समाएर प्रश्नको ओइरो हाले । जिब्रो चबाउँदै उनले जवाफ फर्काउने झिनो प्रयास गरे ।
“प्रमूखज्यू ! के यो दिवसले उत्पादनलाई टेवा पुग्ला ?”
“के यो साल आयात गरिने अन्नमा कमि होला ?”

“प्रमूखज्यू ! यो दिवस मनाउन कति बजेट बिनियोजन गरिएको थियो हजुरलाई सम्झना छ ?”
नगर प्रमुखले जवाफ दिए “आज मलाई अर्को कार्यक्रममा जान हतार छ तपाईँहरू सबै भोली कार्यालयमै भेटौँन ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x