साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाह कहिले गर्ने ?

अहिले राजु पैतालिस वर्षको छ । राजुले अब कुन कुन लक्षण भएकी केटी चाहेको छ भनेर जान्न इच्छा भएर मलाई एक दिन उसको डायरी हेर्ने इच्छा भयो ।

Nepal Telecom ad

वासुदेव तिमल्सिना :

“आ ! म त बत्तीस लक्षणले युक्त भएकी केटीसँग मात्र बिहे गर्छु । जस्तोतस्तो त चाहिन्न मलाई ।”
पच्चीस बर्षे राजुले कल्पनामै अठोट गर्‍यो । हुन पनि राजु हेर्दा स्मार्ट थियो । डिग्री पढेको । सरकारी अधिकृत जागिर । घरको पनि सम्पन्न । चारैतिरबाट केटीको अफर आउँथ्यो । उसले डायरीमा केटीमा हुनुपर्ने बत्तीस लक्षणलाई यसरी लेखेको थियो ।

पातली, गोरी, कम्मर छिनेकी, लामो कपाल, चुच्चो नाक, ठूला आँखा, सुरिलो बोली, लच्कने हिडाइ आदि ।
उसले भने जस्ती केटी कतै पाइएन । ऊ तीस वर्षको भयो । उसले अब बत्तीस लक्षणबाट बीस लक्षण मात्र राख्यो, बाँकी मेट्यो । यति भए पनि हुन्छ भनेर । उसले सोचेका बीस लक्षणवाली पनि भेटिएनन् वा उसँग राजी भएनन् । ऊ अब पैतिस वर्षको भयो । उसले अब बीस लक्षणलाई घटाएर दश लक्षणमा ल्यायो । तर पनि बिहे जुरेन । अब राजु चालिस वर्षको भयो । उसले दस गुणलाई घटाएर पाँचवटा गुणमा सीमित गर्यो । तर पनि कसैले चासो देखाएनन् । अहिले राजु पैतालिस वर्षको छ । राजुले अब कुन कुन लक्षण भएकी केटी चाहेको छ भनेर जान्न इच्छा भएर मलाई एक दिन उसको डायरी हेर्ने इच्छा भयो ।

बिचरा ! राजुले रुन्चे मुख लाउँदै मलाई डायरी देखायो । त्यसमा लेखिएको थियो, “केवल एउटी महिला भए हुन्छ ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
0
Would love your thoughts, please comment.x
()
x