साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकताका पारखी

रिपोर्ट लुकाउन एकता ध्यान मोड्नमा एकता संसारलाई नै चकित तुल्याउने राज्यको बागडोर समातेर आँफै अपराधमा संलग्न हुन सुनकाण्ड र शरणार्थी काण्ड तस्कर र माफियासँग एकता ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

इतिहास राम्रो पढेका
भूगोल पनि गहिरो बुझेका
जनताको मन छाम्ने क्षमता भएका
भाषण र दस्तावेमा खप्पिस ।

विदेशी प्रभु रिझाउनमा एक
कमिशन र घुसमा एकता
सत्तालिप्सामा एकता
ठूला काण्डहरू दबाउनमा एकता ।

आयोग बनाउन एकता
छानवीन गर्न एकता
रिपोर्ट लुकाउन एकता
ध्यान मोड्नमा एकता ।

संसारलाई नै चकित तुल्याउने
राज्यको बागडोर समातेर
आफै अपराधमा संलग्न हुन
सुनकाण्ड र शरणार्थी काण्ड
तस्कर र माफियासँग एकता ।

अब त विपक्षी नै नराख्ने एकता र
एउटै दल बनाउने सहमति हुन बाँकी
एकता शीरोमणिको तक्मा बनाउन बाँकी
यस्तो एकताको विरोध गर्नेलाई कारबाही हुन बाँकी !!

०००
सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x