सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ लोकार्पण

गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने लेखक रेग्मीको आफ्नै निवासमा एक भव्य कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

Nepal Telecom ad

उदयपुर, २०८१ साउन १५ । महेन्द्र संस्कृत विश्व विद्यालयका पूर्व प्रशासक तथा साहित्यकार नगेन्द्र रेग्मीद्वारा लेखिएको यात्रा संस्मरण ‘लण्डन डायरी’ लोकार्पण गरिएको छ ।

गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने लेखक रेग्मीको आफ्नै निवासमा एक भव्य कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

‘लण्डन डायरी’का लेखक रेग्मीका पिता राजनीतिज्ञ समाजसेवी र साहित्यकारका रुपमा समेत रहनु भएकोले पिताको सय वर्ष प्रवेशको अवसर र माता श्रीमती मनकुमारी रेग्मीको ९८ औँ वर्ष प्रवेशको अवसर पारेर उक्त यात्रा संस्मरणको पुस्तक पितामाताकै हातबाट लोकार्पण गरिएको छ ।

पिता तुलसीप्रसाद रेग्मीले पनि उदयपुरको परिचय, माझीको चिनारी र बादलभित्रका ताराहरू लगायतका तीन थान पुस्तक प्रकाशित गर्नु भएको छ ।

पुस्तक विमोचन पश्चात सय वर्ष प्रवेश गर्नु भएका पिता तुलसीप्रसाद रेग्मीले आफू पनि साहित्य लेखनमा रुचि राख्ने भएकोले तीन थान पुस्तक प्रकाशन गरेको र जेठो छोरो नगेन्द्र रेग्मीले पत्रपत्रिकामा धेरै लेखरचना लेखेको र अहिले आएर बेलायत भ्रमणको बारेमा ‘लण्डन डायरी’ प्रकाशन गरेकोमा आफू अत्यन्त खुसी भएको हुँदा आगामी दिनहरूमा पनि महत्वपूणर् पुस्तकहरू प्रकाशन गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनु भएको थियो ।

यस अघि तीन थान र यो समेत चार थान पुस्तक प्रकाशित गरिसक्नु भएका नगेन्द्र रेग्मीले २०७६ सालमा बेलायत भ्रमणमा जाँदा त्यहाँ आफूले देखेका भोगेका विषयवस्तुलाई समेटेर डायरी पुस्तक प्रकाशन गर्नु भएको हो ।

कार्यक्रममा उमा रेग्मीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार कौशल चेम्जोङ, साहित्यकार पुण्य कार्की, उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, पूर्व जिल्ला न्यायाधीश खिलनाथ रेग्मी, बोधकुमार घिमिरे तथा खोटाङ जिल्लाको बाराह पोखरी गाउँपालिकाबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रमा जिल्लाभित्र र बाहिरका साथै विदेशमा रहनु हुने रेग्मी परिवारका अन्य सदस्यहरू, आफन्त नातागोता, भाञ्जाभाञ्जी, छोरीज्वाइँ नाति नातिना लगायतका उपस्थित भएका थिए । रेग्मी समाजले पनि पितामाताको सय वर्ष प्रवेशको अवसरमा शुभकामना दिनुका साथै खादा माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

०००
– माधव पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x