
अविरल गंगा साहित्य केन्द्रको रचना वाचन
अविरल गंगा साहित्य केन्द्रको प्रथम रचना वाचन कार्यक्रम संस्थाकी अध्यक्ष गंगा लिगलको सभापतित्व र डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।

२काठमाणडाै, २०८१ साउन १५ । अविरल गंगा साहित्य केन्द्रको प्रथम रचना वाचन कार्यक्रम संस्थाकी अध्यक्ष गंगा लिगलको सभापतित्व र डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।
प्रविधि मैत्री उक्त कार्यक्रम बेलुका ५ देखि ७ बजेसम्म चलेकाे थियाे ।
कवि वीरबहादुर लोहनीको स्वागत गानबाट सुरु भएको यस कार्यक्रममा एक दर्जन कवि साहित्यकारहरूले मुक्तक, गजल, सुसेली, छन्द कविता र छन्दरहित कविताहरू वाचन गर्नुभएको थियो । साउन १५ खीर खाने दिन भएको हुँदा सबैजसो रचनाहरू साउन र खीरसँग सम्बन्धित थिए ।
विशिष्ट अतिथि दुर्गा अधिकारी भमरकोटेले सहभागी सबै कविहरूको नाम उच्चारण गर्दै आज खीर जस्तै मीठा कविता सुन्न पाएकोमा खुसी व्यक्त गर्दै शिव महिमा सम्बन्धी सुसेली भजन गाउनु भयो ।
प्रमुख अतिथि डा. बमबहादुर थापा जितालीले आफ्नो मन्तव्यमा अविरल गंगा साहित्य केन्द्रको चर्चासँगै गंगा लिगलको साहित्य साधनाको प्रशंसा गर्दै “अवस्था र व्यवस्था” शीर्षकको व्यंग्य कविता वाचन गर्नु भयो ।
कवि सुष्मा चित्रकार, कवि ललिता दोषी, कवि रीता खतिवडा, लक्ष्मीप्रसाद मिश्र, चन्द्रा न्यौपाने, टेकबहादुर लौंडारी लगायतका कविहरूले कार्यक्रममा सहभागी भएर कविता वाचन गर्नुभएकाे िथयाे ।
कार्यक्रमलाई सफल बनाउनु हुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग रहने अपेक्षाका साथ सभापति गंगा लिगलले सभा विसर्जन गर्नुभएको थियो ।
कार्यक्रम द्वारिका कुईकेलको सञ्चालनमा सम्पन्न भएकाे हाे ।
०००
Subscribe
Login
0 Comments
Oldest