साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल वृद्धाश्रम

चस्मा बिक्छ, दबाइ बिक्छ दमको लौरी छ टेक्ने भर । खाली गोठ भए खसी न दुहुना गोमुत्र खै गोबर ? यौटै आय छ पालिने मुलुकमा थापेर विप्रेषण । पार्दैछन् घरको न घाटतिरको नेपाल वृद्धाश्रम ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

नेपाली वन लाखुको घर भयो पाके झरे काफल ।
गुञ्जिन्नन् घर-गाउँ साँझ मुजुरा, रोधी, धिमे मादल ।
गौह्री खेत समेत रोप्नु कसले ? पोखिन्न ऐले श्रम ।
तन्नेरी परदेश छन्, हुन गयो नेपाल वृद्धाश्रम ।१।

धारो लाग्छ विदेशिने युवकको पुग्दा विमानस्थल ।
खाली क्याम्पस भैसके प्रगतिका छैनन् कुनै हल्चल ।
खाडीमा पसिना चुहाउनु भयो निर्वाहको माध्यम ।
थोते वृद्ध र बाल छन् मुलुकमा, नेपाल वृद्धाश्रम ।२।

छैनन् आज चले हरेक घरका छोरा बुहारी पर ॥
जोई एकल छिन् झरिन् शहरमा बूढा र बूढी घर ।
सक्ने पढ्न अमेरिकातिर पुगे गर्दै उतै घर्जम ।
नेताका पुरुषार्थले कहलियो नेपाल वृद्धाश्रम ।३।

जोई पोइ दुबै बिछोड हुनुमा मुग्लानिनु कारण ।
माया प्रीति यता उता बहकियो पीडा दियो दारुण ।
धेरै घायल छन्, टुट्यो प्रणय नै नाठे बनाए मन ।
बिग्रेका घरबार बाल बिचरा, नेपाल वृद्धाश्रम ।४।

बिक्तैनन् घर खेत किन्छ कसले भन्छन् घडेरी किन ।
कस्का निम्ति किनून् छ जे जति त्यही थाल्दैछ घाँडो हुन ।
चिन्ताग्रस्त बुढेसकाल तुलसी पानी भयो आच्मन ।
छैनन् मर्द मलाम जान कसिने, नेपाल वृद्धाश्रम ।५।

चस्मा बिक्छ, दबाइ बिक्छ दमको लौरी छ टेक्ने भर ।
खाली गोठ भए खसी न दुहुना गोमुत्र खै गोबर ?
यौटै आय छ पालिने मुलुकमा थापेर विप्रेषण ।
पार्दैछन् घरको न घाटतिरको नेपाल वृद्धाश्रम ।६।

खाना छैन, कमाइ छैन जिउने निर्बाहको साधन ।
दिन्नन् पेन्सन वृद्ध निम्ति नजुटे उल्लेख्य विप्रेषण ।
नेता नीति सदैव कंसल भयो के खुल्दथे उद्यम ।
तन्नेरी घर फर्क नाजुक भयो नेपाल वृद्धाश्रम ।७।

०००
असार-१७, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
0
Would love your thoughts, please comment.x
()
x