फित्काैली डटकमएकै परिवारका तीन पुस्ताको कृति विमोचन
शालिग्राम अर्यालको ‘पुरानो पोको’ कविता सङ्ग्रह, उहाँको छोरी सृजना अर्यालको ‘मुर्दा घर’ नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप गीतको अडियो एक साथ वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइँटेलले विमोचन गर्नुभएको हो ।
धादिङ, २०८१ भदाै १ । एकै परिवारका तीन पुस्ताको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्राम अर्यालको ‘पुरानो पोको’ कविता सङ्ग्रह, उहाँको छोरी सृजना अर्यालको ‘मुर्दा घर’ नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप गीतको अडियो एक साथ वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइँटेलले विमोचन गर्नुभएको हो ।
२०३६ सालदेखि २०७५ सम्म शालिग्राम अर्यालले रचना गर्नुभएका ८० ओटा कविता रहेको पुरानो पोको कविता सङ्ग्रहमा देशमा तत्कालीन अवस्थाको अव्यवस्था विकास र पञ्चायती तानाशाह लगायतका विषयवस्तुमा लेखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुइँटेलले कविताले तत्कालिन अवस्थाको चित्रण गर्दै वैचारिक मूल्यमा खरो रहेको बताउनुभयो । कवितामा आन्दोलन, व्यङ्ग्य, पारिवारिक, राजनीतिक आर्थिक सामाजिक आदि विषयवस्तुमा समावेश गरेर लेखिएकोले यसलाई राम्रो पुस्तकको रुपमा लिनुपर्ने लुइँटेलले बताउनुभयो । महिललाले भोगेका समस्या र पारिवारिक द्वन्द्व आदि विषय समेटिएको मुर्दाघर नाट्यकृतिको विमोचन गरिएको थियो ।
मान्छेका मनोतुष्टीहरूको सन्तुष्टी नहुँदा घर मसानघाट हुने नाटकको सन्दर्भ समीक्षा गर्दै साहित्यकार नविनबन्धु दहालले चर्चा गर्नु भयाे ।
छोरालाई मायाँ गर्ने, छोरीलाई मायाँ गर्ने तर बुहारीलाई हेलाँ गर्ने गर्दा घर मुर्दाघर हुने सन्देश सहितको नाटकले वर्तमान समाजको प्रतिविम्ब देखाएको दहालको भनाइ थियाे ।
सृजनाका छोरा सजल अधिकारीको अस्तित्व नामक गीति अडियो सो अवसरमा विमोचन गरियो ।
युवा वर्गमा हुने मनोभावबारे गाइएको र्याप गीत रहेको गीतको लेखन र स्वर सजल अधिकारीको रहेको छ भने संगीत अडियो सपले दिएको छ ।
एउटा संयोगको रुपमा एकै घरमा तीन पुस्ताका कृतिहरू प्रकाशन भएको कार्यक्रममा साहित्यकार बद्री दहाल, नविनबन्धु पहाडी, कृष्ण अर्याल, रामबहाादुर भण्डारी, सविता अर्याल, बालकृष्ण थपलिया लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
धादिङ सिर्जना प्रतिष्ठानको वार्षिक साधारणसभा र कृति विमोचन कार्यक्रमको प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकारहरुले विष्णु भट्ट, गायत्री खतिवडा, शिरिषा नेपाल, राेशन रिजाल, समीर मगर, काव्या अर्याल, शान्ती तामाङ,जेनिसा घले लगायतले कविता वाचन गरेका थिए ।
०००
-सीताराम अधिकारी, धादि󠅉ङद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































