साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राप्ती परिषद् दाङको नियमित कार्यक्रम सम्पन्न

अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा वरिष्ठ उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

Nepal Telecom ad

दाङ,०८१ साउन ३२ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७१औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरेकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा वरिष्ठ उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ साहित्यकार नारायण नेपाल, साहित्यकारहरू हरिप्रसाद पौडेल “स्वर्णशिखा” नगेन्द्र गुरु, धनसिंह गिरी,वीना रोका,दामोदर पौडेल,सुरेश कुमार पाण्डे, नारदप्रसाद भण्डारी लगायतका कविहरूले आ-आफ्नो छन्दका सिर्जना वाचन गर्नुभएको थियो ।

चर्चित गीतकार प्रकाश के.सी. एकनारायण चापागाईं बहरमा गजल वाचन गर्नुभएको थियो।

विश्व साहित्य सञ्जाल दाङका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.कृष्णराज डी.सी.ले वाचित रचनाहरूको समीक्षा गर्नुभएको थियो। वर्तमान समयमा हराउँदै गएको छन्द परम्परालाई छन्दसङ्गमले मलजल दिने काम गरेको बताउनुभयो।

वरिष्ठ साहित्यकार डी.सी.ले वाचित रचना उत्कृष्ट र मध्यम सामान्य गरी तीन स्तरको रहेको बताउनुभयो। त्याग, तपस्या र साधनाले मात्र उत्कृष्ट स्तरको रचनाको जन्म हुने उहाँको मान्यता थियो।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ गजलकार डा. टीकाराम उदासी, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष तथा साहित्यकार डा.खेमराज मल्ल, वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी नयाँ युगबोध दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरू शरद गौतम, प्रदिपराज श्रेष्ठ, गोपाल भुसाल “अभिलाषी”, गिरीप्रसाद पन्थी, महेशकुमार न्यौपाने , भुवन जी.सी., देवेन्द्र रिजाल, यशोदा के.सी., एकराज शर्मा अधिकारी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी.ले गर्नुभएको थियो।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x