साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि प्रधुम्न जोशी र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पुरस्कृत

शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख एक हजार सहित "लेबाल त्रिरत्न पुरस्कार २०८१" प्रदान गर्‍यो । दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा. जयराज आचार्यले विशेष समारोहमा प्रदान गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ भदाै २ । नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सबको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजारसहित “गोपाल पाँडे असीम पुरस्कार २०८१” प्रदान गर्‍यो ।

यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख एक हजार सहित “लेबाल त्रिरत्न पुरस्कार २०८१” प्रदान गर्‍यो । दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा. जयराज आचार्यले विशेष समारोहमा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा पुरस्कृत कवि प्रद्युम्न जोशीको बारे कवि एवं पत्रकार ठाकुर बेलवासेले र विद्यानाथ कोइरालाको बारे पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतमले बोल्नु भएको थियो ।

नेपाली शिक्षा परिषदकि अध्यक्ष सर्जक रमा शर्माको सभापतित्वमा आयोजित सोही कार्यक्रममा विद्यार्थी मन्दिप श्रेष्ठलाई नगद राशि ५ हजारसहित “गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार” प्रदान गरिएको थियो । विद्यार्थी मन्दिप भानु माध्यमिक विद्यालय, दरबार हाइस्कुलमा ई. ई. परीक्षा २०८० मा सर्वोत्कृष्ट भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, अध्यक्ष रमा शर्मा, पुरस्कृतहरु विद्यानाथ कोइराला र प्रद्युम्न जोशी, वरिष्ठ कवि रमेश खरेल लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कवि विजय न्यौपानेले श्रद्धाञ्जली कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकारहरु श्याम प्रधान, जयदेव भट्टराई, शैलेन्दुप्रकाश नेपाल, भाग्यशाली अधिकारी, त्रिभुवनचन्द वाग्ले, सुशील पन्त, बमबहादुर थापा जिताली, जगदीश्वर पोखरेल, सन्तु श्रेष्ठ, गंगा लिगल लगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x