फित्काैली डटकमबर्तौलाको नियात्रासङ्ग्रह ‘देश-देशान्तर’ लोकार्पित
आफ्नो लेखकीय मन्तव्य दिने क्रममा आफूले लेखक बन्छु भनेर नलेखेको, हिँड्दै गर्दा जे देखेँ त्यही अनुभूति लेखेको कुरा सङ्क्षेपमा व्यक्त गर्नु भएको थियो ।

काठमाडौं, २०८१ भाद्र १० । कवि तथा नियात्राकार राजाराम बर्तौलाको नियात्रासङ्ग्रह ‘देश-देशान्तर’ एक कार्यक्रम बीच लोकार्पण भएको छ ।
प्राज्ञिक बुक्सको आयोजनामा भएको कार्यक्रम साउथकोल क्याफे, बागबजारमा सम्पन्न भएको हो ।
प्राज्ञिक बुक्सका अध्यक्ष बद्रीप्रसाद ढकालको सभापतित्व तथा प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यता, सह.प्रा. प्राज्ञ डा. मदुसदन गिरी, संस्कृतिविद् डा. भक्त राई, शरद प्रधान, वासुदेव ढकाल, शारदा पाण्डे, मनमाया पोखरेलले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।
यसैगरी लोकार्पित कृतिको समीक्षा नवराज रिजालले गर्नु भएको थियो । उहाँले सङग्रहभित्र २६ वटा यात्राका सन्दर्भमा नेपालका धेरै जिल्लाका सामाजिक, सांस्कृतिक पक्ष समेटिएको र तथ्यपरक भएकोले पढ्नै पर्ने कृतिको रूपमा रहेको कुरा बताउनु भएको थियो ।
त्यसैगरी कृतिका लेखक राजाराम बर्तौलाले आफ्नो लेखकीय मन्तव्य दिने क्रममा आफूले लेखक बन्छु भनेर नलेखेको, हिँड्दै गर्दा जे देखेँ त्यही अनुभूति लेखेको कुरा सङ्क्षेपमा व्यक्त गर्नु भएको थियो ।
संस्कृतिविद भक्त राईले अहिले पठन संस्कृति ध्वस्त भएको तथा धार्मिक, सांस्कृतिक अनुष्ठानको विषय उठान भएको र अनुकरणीय कृति प्रकाशन गर्नु भएकोमा लेखकलाई आभार तथा बधाई दिनु भएको थियो ।
यसैगरी, सह. प्रा. प्राज्ञ डा. मधुसुदन गिरी र प्रा.डा सुरेन्द्र केसीले नियात्रा सन्दर्भमा रहेर नियात्राका प्रवृत्ति तथा व्यवहारको महत्वपूर्ण टिप्पणी गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
र, अन्त्यमा सभाध्यक्षले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
०००
-फित्कौली डेक्स







































हार्दिक बधाई अंकल