साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्णप्रेम

“ऊ पनि मसँग फँसेको छ । याद राख हरेक प्राणी फँस्न धर्तीमा आएको हुन्छ ?” राधाको अर्को विनम्र स्वर सुनियो । “हामी कसरी फँस्छौँ ?” एउटीले प्रश्नको मुङ्ग्रो उज्याइहाली ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“सखीहरू हो, तिमीहरू आफ्नो मुखलाई किन दुःख दिन्छौ ? बन्द गर हाँसोका खेलहरू ।” आफूमाथि आउने सम्भावित खतराको सङ्केत बुझी बचाउमा राधाले क्रोध मिश्रित बोली निकालिन् ।

“तँलाई हाम्रो बोली अप्रिय भए आइन्दा बोलिन्न ।” एउटीले मुन्टो बटारी ।

वनको निर्जन स्थान थियो । बजिरहेको मुरलीको आवाज बन्द थियो । गाईबस्तु चरिरहेका थिए । रुखका चराचुरुङ्गी चर्को घाममा सुस्ताएजस्ता थिए । मन्दमन्द हावाले वातावरणमा मादकता छरिरहेको थियो ।

“यस अन्जान ठाउँमा अचम्मको तमासा देखाउने तँ, हामीले हाँस्न पनि नपाउने ?” अर्कीले मन खोल्दै आँखामा आँखा जुधाउन थाली ।

बोली नरम बनाउँदै राधाले भनिन्; “आफ्नै आँखाले कहिलेकाहीँ धोका दिन्छ । मनको आँखाले दृश्य हेर्नसक्नुपर्छ । मनको आँखाले हेर्ने कोशिस गर त । समस्या हल्ला गरेर हैन सल्लाह गरेर सुल्झन्छ ।”

सबै सखीहरू जमिन केर्दै सोच्न थाले ।
सखीहरू सुन्दै गए, सुस्तिरी सुस्तिरी राधा एकलापीय शब्द चुहाउँदै गइन्; “विपनामा मात्र हैन सपनाभरि पनि एउटा मायालु ठिटो आउँछ । मोहनी बात गर्छ । मुरली बजाउँछ, जगत्लाई कब्जामा पार्छ । म मात्रै फँसेकी छैन, संसारै फँसेको छ । फँस्नुको मज्जा रुखो मन हुनेलाई के थाहा ?”

–“अब लाजसरम भन्ने चीज तँसँग रहेन ।”
–“तेरा बाबाआमाले तेरो होस फर्काउँछन्, पख् ।”
–“रिस उठेजस्तो भए पनि तेरो नाम लिनासाथ अर्को कुनाबाट माया जुरुक्क उठ्छ । तेरो अनुहारको आनन्द हेर्छु । मेरो जीवनको रेगिस्थान नियाल्छु; मेरो मन जल्न थाल्छ ।”
यसरी घरमा गएर राधाको पोल खोल्ने सन्दर्भमा सखीहरूमै मत बाझिन्छ ।

“ऊ पनि मसँग फँसेको छ । याद राख हरेक प्राणी फँस्न धर्तीमा आएको हुन्छ ?” राधाको अर्को विनम्र स्वर सुनियो ।

“हामी कसरी फँस्छौँ ?” एउटीले प्रश्नको मुङ्ग्रो उज्याइहाली ।
राधाले भनिन्; “आमाको कोखबाट स्वतन्त्र जन्मेको मान्छेले जन्जिरमा जकडिन स्विकार गरेर फँस्यो, फँस्छ र फँसिरहेने छ ।”

०००
२०८१ भदौ १० श्री कृष्णजन्माष्टमी, एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x