फित्काैली डटकमकालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मान
नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा सुस्मिता चेपाङ र छात्र किस्मत आचार्यलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

चितवन, २०८१, भदौ १० गते । कालिगण्डकी साहित्य परिषद् चितवनले एक समारोहबीच पुस्तक विमोचन, रचना वाचन र विद्यार्थी सम्मानको कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कालिका नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरू मध्येबाट गत वर्ष एस ई ई परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चतुर्मुखी माध्यमिक विद्यालयकी छात्रा सुस्मिता चेपाङ र राष्ट्रिय माध्यमिक विद्यालय समिपुरका छात्र किस्मत आचार्यलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा अग्निसागर उपाध्यायको खण्डकाव्य “म को हुँ” को सामुहिक विमोचन समेत गरिएको थियो ।
परिषदका सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मीनारायण चौलाइ प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ साहित्यकार केशवराज आमोदी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । विमोचित खण्डकाव्य “म को हुँ” का विषयमा सो परिषदका उपसभापति चिरञ्जीवी दाहालले प्रकाश पारेका थिए भने सो कार्यक्रमको स्वागत भाषण अर्का उपसभापति रामलाल कुमालले गरेका थिए ।
कार्यक्रममा कविहरू गोकर्ण मल्ल, चिरञ्जीवी दाहाल, गणेश पौडेल, रामलाल कुमाल, सुमन कडरिया, हेमराज अर्याल, रुविन पौडेल, हेमा आचार्य, जानुका कोइराला लगायतका कविहरूले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा रुविन पौडेल र विष्णु पौडेलले उद्घोषण गरेका थिए ।
०००
– चिरञ्जीवी दाहालद्वारा संप्रेषित ।
Subscribe
Login
0 Comments
Oldest






































