साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ रोचक घिमिरेलाई

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए। पुरस्कारको राशि रु. ५० हजार र सम्मान पत्र रहेको छ।

Nepal Telecom ad

लालबन्दी, सर्लाही २०८१ भदाै १० । लालबन्दी नगर वाङ्‌मय परिषद्ले साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ।

साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै शहीद बन्‍न पुगेका ‘मकैकाे खेती’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ।

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए। पुरस्कारको राशि रु. ५० हजार र सम्मान पत्र रहेको छ।

फित्काैली डटकमका सल्लाहकार राेचक घिमिरेज्यूप्रति फित्काैलीकाे हार्दिक बधाई ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x