फित्काैली डटकमअखण्ड भण्डारीकाे ‘बोरा’ कृतिलाई भाषा तथा साहित्य पुरस्कार
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत 'बोरा' आख्यानले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१' हात पारेको छ ।

सर्लाही, २०८१ भदाै १० । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत ‘बोरा’ आख्यानले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१’ हात पारेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति ‘बोरा’ सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको हाे ।
लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट दश कृतिहरू २०८१ साउन १३ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१’ लामो समयदेखि पत्रकारिता गर्दै आएका शङ्कर श्रेष्ठले पाउने भएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.२५ हजार र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१ (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।
पुरस्कारहरू वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिने छ।
०००
-चेतनाथ धमलाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































