फित्काैली डटकमहास्यव्यङ्ग्य कृति ‘खाइराइड’ अतिरिक्त पाठ्यक्रममा पढाइयाे
समाराेहमा पुरस्कृत छात्रछात्रालाइ रकम हस्तान्तरणपछि खाइराइड हास्यव्यङ्ग्य कृतिलाइ यस शैक्षिक सत्रकाे अतिरिक्त पाठ्यक्रममा राखेर पठनपाठन गराएकाेमा स्कूल परिवारप्रति लुइँटेलले आभार व्यक्त गर्नु भएकाे थियाे ।

काठगमाडाैं, २०८१ भदाै २६ । पठन संस्कृतिको विकास, भाषा र साहित्यको श्रीवृद्धि तथा सम्वर्धन र साहित्यकारहरूको सम्मानका लागि डियरवाक सिफल स्कुलले नियमित रूपमा वर्षमा १२ वटा नेपाली र १२ वटा अङ्ग्रेजी भाषाका गरी २४ वटा साहित्यिक पुस्तकहरू विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आएकाे छ ।
साथै हाइ स्कुल (कक्षा ९-१२) का विद्यार्थीहरूलाई पुस्तक अध्ययनपश्चात् पुस्तकानुभूति/ पुस्तक समीक्षा लेखनमा पनि जाेड दिँदै आएकाे छ । यसका अतिरिक्त साहित्यिक कृतिहरूको लेखन र प्रकाशनसमेत गराउँदै आएको छ । समय समयमा साहित्यिक क्षेत्रमा समर्पित साधकहरूलाई आमन्त्रित गरी विद्यार्थीहरूमाझ अन्तरक्रिया समेत गराउँदै आएको छ ।
सोही सन्दर्भमा माध्यमिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरूले श्रावण महिनामा आदरणीय श्रष्टा श्री राजेन्द्र कार्कीकृत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह खाइराइड अध्ययन गर्ने अवसर प्राप्त गरे ।
यसै मेसाेमा विद्यार्थीहरूकाे लेखनबाट प्रभावित भएर उत्कृष्ट पुस्तक समीक्षा लेख्ने छात्रछात्रालाइ पुरस्कृत गर्ने याेजना तय भएकाे थियाे । हाइस्कुल तहकाे ९, १०, ११ र १२ कक्षामा अध्ययनरत २ सय जना विद्यार्थीहरूबाट डियरवाक सिफल स्कुल नेपाली भाषा विभागका शिक्षकहरूले छात्रछाद्वारा लेखिएका पुस्तक समीक्षाहरू चयन गरी समकालीन हास्यव्यङ्ग्यका चर्चित श्रष्टा लक्ष्मण गाम्नागे र फित्काैली अनलाइन मिडियाका प्रधान सम्पादन नरनाथ लुइँटेललाई जिम्मा लगाइएकाे थियाे । उहाँहरूकाे मूल्याङ्कनले क्रमशः अमू शाक्य, सम्पदा पाैडेल र सम्पदा सापकाेटाका समीक्षात्मक अनुभूतिहरू क्रमश प्रथम, द्वितीय र तृतीय घाेषित भएका थिए ।
उत्कृष्ट घाेषितलाई क्रमशः जनही रू. ५ हजार, रू. ३ हजार, रू. २ हजार र बाँकी ८ जनालाई रू १ हजारका दरले नगद पुरस्कार वितरण गरिएकाे थियाे ।
कार्यक्रममा फित्काैली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेल प्रमुख अतिथि रहनु भएकाे संक्षिप्त समाराेहमा पुरस्कार वितरण गरिएकाे हाे ।
समाराेहमा पुरस्कृत छात्रछात्रालाइ रकम हस्तान्तरणपछि खाइराइड हास्यव्यङ्ग्य कृतिलाइ यस शैक्षिक सत्रकाे अतिरिक्त पाठ्यक्रममा राखेर पठनपाठन गराएकाेमा स्कूल परिवारप्रति लुइँटेलले आभार व्यक्त गर्नु भएकाे थियाे ।
उहाँले समीक्षात्मक टिप्पणीसहित कृतिबारे आफ्ना सुन्दर अनुभूति अभिव्यक्त गर्ने छात्रछात्रालाइ धन्यवाद दिँदै यी अनुभूतिहरू क्रमश फित्काैली डटकममा प्रविष्ट गर्ने जानकारी पनि दिनु भएकाे थियाे ।
मन्तव्यकाे अन्तमा उहाँले प्रस्तुत गर्नुभएकाे हास्यव्यङ्ग्यात्मक कविता सुनेर छात्रछात्रा आल्हादित भएका थिए । पुरस्कृत छात्रछात्राले पुस्तक र समीक्षाका विषयमा आफ्ना अनुभव पनि सुनाउनुभएकाे थियाे ।
कार्यक्रमकाे समापन डियरवाक सिफल स्कुलका नेपाली भाषा विभाग प्रमुख तेज काफ्लेले पठन संस्कृति विकासका लागि विद्यालयले गरेका गतिविधि एवम् खाइराइड पुस्तक र समीक्षासँग जाेडिएका अनुभूतिहरू सुनाउनुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest










































