फित्काैली डटकमपत्रकार तथा साहित्यकार बी.के पाल्पालीको जन्मजयन्तीमा विशेष कार्यक्रम
पाल्पाली नेपाली पत्रकारिता जगत र नेपाली भाषा साहित्यले कहिल्यै नभुल्ने नाम हो । छोटो आयु लिएर आएका पाल्पालीले नेपाली वाङ्मयलाई १५ वटा विभिन्न विधाका कृति दिएर गएका छन् ।
काठमाडाैं, ०८१ असोज १५ । पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको पचासौँ जन्मजयन्ती काठमाडौमा मनाइँदैछ । काव्य घर नेपाल मिडिया प्रा.लि.को पेरोल काव्य घर साहित्य विभागद्वारा आयोजना गरिने उक्त विशेष कार्यक्रममा झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरणकी अभियन्ता साहित्यकार तथा पत्रकार रेणुका भट्टराईद्वारा लिखित ‘मञ्जरी’ खण्डकाव्यको तेस्रो संस्करण समेत विमोचन हुने भएकाे छ ।
यसका साथै झ्याउरे छन्दलयमा कविता बाचन र आउँदै गरेको हिन्दुहरुको चाड वडादशैं, तिहार र छठ पर्वको समेत शुभकामना आदान प्रदान गरिने छ ।
काठमाडौंंको अनामनगर स्थित सामाजिक विकास समाज भवनमा आयोजना हुने कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने समेत जानकारी दिइएकाे छ । साथमा झ्याउरे छन्दलय कविता लेखन अभियनालाई निरन्तर अगाडि बढाउने उद्देश्यले नियमित कविता बाचन कार्यक्रम श्रृखला पनि सँगै लैजाने अभियन्ता रेणुका भट्टराईले बताउनु भयो ।
पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको जन्मजयन्तीका अवसरमा विविध कार्यक्रम जोडे पनि मूलतः पाल्पालीको जन्मजयन्तीका विषयमा विशेष कार्यक्रम हुनेछ ।
पाल्पाली नेपाली पत्रकारिता जगत र नेपाली भाषा साहित्यले कहिल्यै नभुल्ने नाम हो । छोटो आयु लिएर आएका पाल्पालीले नेपाली वाङ्मयलाई १५ वटा विभिन्न विधाका कृति दिएर गएका छन् ।
अत्यन्तै जागरुक युवा ४६ वर्षको उमेरमा नै विदा भएका थिए । तत्कालिन समय पत्रकारितामा अब्वल रहेका उनी स्पष्ट निडर पत्रकार थिए । नेपालबोर्डर साप्ताहिकका सम्पादक रहेका उनी नेपाल पत्रकार महासंघका आजीवन सदस्य र प्रेसचौतारीमा समेत आवद्ध थिए ।
लामो समय दुवै मिर्गौला खराबीका कारण अस्वस्थ जीवन बिताएका उनले अन्ततः विरामी भएको ९ वर्षमा यो संसार छोडेका थिए ।
२०३२ साल असोज १६ गते आमा बेलकुमारी र पीता कवितराज पोखरेलका कान्छा सुपुत्रका रुपमा जन्मिएका उनको २०७८ साल फागुन १७ गते देहवसान भएका थियो । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
नेपाली हाइकु साहित्य लेखनमा महत्वपूर्ण योगदान गरेका उनले हाइकु साहित्य र सैद्धान्तिक अवधारणा २०६०, हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र २०७५ लगायत धरणी महाकाव्य, चारवटा खण्डकाव्य, कवितासङ्ग्रह एउटा उपन्यास लगायत विरामी अवस्थामै पनि नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गरेका थिए ।
उनको योगदान स्मरणलाई ऐतिहासिक बनाउन बी.के. पाल्पालीको स्मृतिग्रन्थको तयारी पनि भइरहेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































