फित्काैली डटकमसाहित्यकार विजय चालिसेकाे उपन्यास ‘युगसन्धि’ लाेकार्पित
आख्यानशिल्पी भनेर परिचित विजय चालिसेकाे उपन्यास कृति ‘युग सन्धि’ लोकार्पण समारोह बिना सभाध्यक्ष नै विशिष्ट अतिथिहरूको आसन ग्रहणबाट कार्यक्रम सुचारु भएकाे थियो ।

काठमाडौं, २०८१ असोज १५ । साहित्यकार विजय चालिसेका उपन्यास कृति ‘युग सन्धि’ लोकार्पण भएको छ ।
काठमाडौंको होटल यलो पैगोडाको सभाकक्षमा कृतिकाे लोकार्पण समाराेहमा विशिष्ट व्यक्तित्वहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
आख्यानशिल्पी भनेर परिचित विजय चालिसेकाे उपन्यास कृति ‘युग सन्धि’ लोकार्पण समारोह बिना सभाध्यक्ष नै विशिष्ट अतिथिहरूको आसन ग्रहणबाट कार्यक्रम सुचारु भएकाे थियो ।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालको मूलआतिथ्यमा समारोह अगाडि बढाइएको थियो । अन्य विशिष्ट अतिथि, अतिथिमा समालोचक गोपी मैनाली, समीक्षक युवराज मैनाली, साहित्यकार ज्ञानु पौडेल, राेचक घिमिरे र उपन्यासकार विजय चालिसे स्वयं मात्र मञ्चमा आसीन हुनुहुन्थ्याे ।
भर्खरै भएको प्राकृतिक प्रकोपबाट जनधनको क्षतिलाई हृदयङ्गम गरी प्रारम्भमै बाढी पहिरो र डुबानमा परेका मृतकहरूप्रति श्रद्धाञ्जलि स्वरूप एक मिनेट मौनधारण गरेर कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रममा उद्घाटन र दीप प्रज्वलन कुनै भएन ।
कार्यक्रममा भाष्कर शर्माले स्वागत मन्तव्य दिएका थिए । तत्पश्चात् मूख्य अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसाल लगायत विशिष्ट अतिथिहरूको बाहुल्यबाट ‘युग सन्धि’ उपन्यासको लोकार्पण सम्पन्न भयो ।
समाराेहमा कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै समालाेचक गाेपी मैनालीले नेपाली उपन्यास यात्रामा विजय चालिसेकाे यस कृतिलाइ सवर्था नयाँ प्राप्तिकाे रूपमा लिनु पर्ने बताउनु भयाे ।
त्यसैगरी अर्का समालाेचक डा. ज्ञानु पाण्डेले युगसन्धि उपन्यास वाह्य आवरणदेखि भित्र वर्णित युगआख्यानका साथै अत्यन्त घनिभूत पात्रकाे उपस्थितिले उपन्यासकाे ओज बढाएकाे उल्लेख गर्नु भएकाे थियाे ।
कृति सन्दर्भ चर्चा गर्दै युवराज मैनालीले वैदिककालीन ज्ञानकाे गरिमा यस कृतिका स्रष्टा चालिसेमा स्पष्ट भएकाे बताउनु भएकाे थियाे ।
लेखकीय मन्तव्काे क्रममा उपन्यासकार विजय चालिसेले कृति सिर्जनामा उल्लेख्य सल्लाह सुझाव प्रदान गर्नेहरूलाइ स्मरण गर्दै समाराेहमा उपस्थित भएर अझ उत्प्रेरणा प्रदान गर्ने सबैप्रति कृतज्ञता जाहेर गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे अन्ततिर विशिष्ट अतिथि डा. ऋषिराम पाेखरेलले वैदिककालीन समय, स्थान र पात्रहरूकाे गवेषणा गर्दै नवचेतनासहित कृति सिर्जना गरेकाेमा स्रष्टा चालिसेलाइ बधाइ ज्ञापन गर्नु भएकाे थियाे ।
कार्यक्रममा सबै उमेरसमूह, लिङ्गीय समानता र सबै क्षेत्रबाट प्रतिनिधित्व भएकाे व्यापक र घनिभुत सहभागिता उल्लेख्य पक्ष रहेकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest










































