भावना न्याैपानेको थिइन् ती आमा
सन्तानलाई राम्रो नाना दिन आफु झुत्रो कबडा लगाईन्छ होला सन्तानलाई अफिसर बनाउनको लागि आफू सम्पत्तिविहीन भइन् होला ।

भावना न्यौपाने :
मैले माघ महिनाको
त्यो कठ्याङग्रिँदो जाडोमा भेटेँ ती आमालाई
न आङमा गतिलो एकसरो लुगा न खुट्टामा चप्पल ।
साली नदीको बाटोमा त्यो चिसो भुईंमा
बसेर आफ्नो गुजारा चलाउन
माग्दै थिइन् ती आमा ।
हात गोडाहरू यसरी काँपिरहेका थिए कि
मानौ कुनै सानो नानीले आमाको
न्यानो काख खोजिरहेकाे थियाे जस्तो भान हुन्थ्यो ।
लालनपालनका लागि के अपुग गरिन् होला र
आफ्ना सन्तानका लागि त्यसरी आफू पछि
यो समयमा एक दानाको लागि दिनरात तड्पिरहिन् ।
टिठलाग्दो अनुहार काँपिरहेको त्यो शरीर
अनि एक दानाको लागि फिजाइरहेका
ती दुई हात आज पनि सम्झन्छु ती आमालाई ।
कतै ठूलै गल्ती गरे तापनि आफ्नी जन्मदिने आमालाई
त्यसरी अलपत्र छोड्नु नपर्ने थियो सन्तानले ।
माया, ममता र करुणा भन्ने कुरा
एउटा जनावरलाई त गरिन्छ भने
ती त आमा थिइन् घरबाट सडकको बास गराउँदासम्म
ती सन्तानको हृदय किन रसाएन होला ।
सन्तानको पेट भर्नको लागि आफ्नो पेट पटुकीले कसिन् होला,
सन्तानलाई राम्रो नाना दिन आफूले
झुत्रो कपडा लगाइन् होला
सन्तानलाई अफिसर बनाउनको लागि
आफू सम्पत्तिविहीन भइन् होला ।
तर आज सन्तानको आवश्यकता पर्दा
आमा चिसो सडकमा
एक दानाको लागि यो मन्दिर अगाडि
चिसो भुईंमा बसेर
काँपिरहेका दुई हात फिजाइरहेकी छिन् ।
आँसुका थोपाहरू बगाइरहेकी छिन्,
आँसुका थोपा बगाइरहेकी छिन् ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































