साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को थिइन् ती आमा

सन्तानलाई राम्रो नाना दिन आफु झुत्रो कबडा लगाईन्छ होला सन्तानलाई अफिसर बनाउनको लागि आफू सम्पत्तिविहीन भइन् होला ।

Nepal Telecom ad

भावना न्यौपाने :

मैले माघ महिनाको
त्यो कठ्याङग्रिँदो जाडोमा भेटेँ ती आमालाई
न आङमा गतिलो एकसरो लुगा न खुट्टामा चप्पल ।
साली नदीको बाटोमा त्यो चिसो भुईंमा
बसेर आफ्नो गुजारा चलाउन
माग्दै थिइन् ती आमा ।

हात गोडाहरू यसरी काँपिरहेका थिए कि
मानौ कुनै सानो नानीले आमाको
न्यानो काख खोजिरहेकाे थियाे जस्तो भान हुन्थ्यो ।
लालनपालनका लागि के अपुग गरिन् होला र
आफ्ना सन्तानका लागि त्यसरी आफू पछि
यो समयमा एक दानाको लागि दिनरात तड्पिरहिन् ।

टिठलाग्दो अनुहार काँपिरहेको त्यो शरीर
अनि एक दानाको लागि फिजाइरहेका
ती दुई हात आज पनि सम्झन्छु ती आमालाई ।
कतै ठूलै गल्ती गरे तापनि आफ्नी जन्मदिने आमालाई
त्यसरी अलपत्र छोड्नु नपर्ने थियो सन्तानले ।

माया, ममता र करुणा भन्ने कुरा
एउटा जनावरलाई त गरिन्छ भने
ती त आमा थिइन् घरबाट सडकको बास गराउँदासम्म
ती सन्तानको हृदय किन रसाएन होला ।
सन्तानको पेट भर्नको लागि आफ्नो पेट पटुकीले कसिन् होला,
सन्तानलाई राम्रो नाना दिन आफूले
झुत्रो कपडा लगाइन् होला
सन्तानलाई अफिसर बनाउनको लागि
आफू सम्पत्तिविहीन भइन् होला ।

तर आज सन्तानको आवश्यकता पर्दा
आमा चिसो सडकमा
एक दानाको लागि यो मन्दिर अगाडि
चिसो भुईंमा बसेर
काँपिरहेका दुई हात फिजाइरहेकी छिन् ।
आँसुका थोपाहरू बगाइरहेकी छिन्,
आँसुका थोपा बगाइरहेकी छिन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x