साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रध्दाञ्जलि अर्पण तथा शुभकामना आदानप्रदान विशेष समारोह

विमल अर्यालको सभापतित्व, दुर्गा अधिकारी भ्रमरकोटेको प्रमुख आतिथ्य, बी.पी. सङ्गहालयका अध्यक्ष परशुराम पोखरेल, बिशुकुमार के.सी. र डा. मेघराज ढकालको सो कार्यक्रममा विशेष आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

काठमाडाैं, आज २०८१ असोज १७ । अभिनव साहित्य समाजले २७२ औ शृङ्खला सम्पन्न गरेकाे छ ।

यस अन्तर्गत केही दिन अगाडि हुनगएको अतिवर्षाको कारण भएको बाढी पहिरोको बितन्डाबाट धेरै धनजनको क्षति हुनपुगेकोमा मृतक आत्माप्रति श्रध्दा सुमन अर्पण र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणबाट कार्यक्रमको शुभारम्भ भएको थियो ।

उपाध्यक्ष विमल अर्यालको सभापतित्व, दुर्गा अधिकारी भ्रमरकोटेको प्रमुख आतिथ्य, बी.पी. सङ्गहालयका अध्यक्ष परशुराम पोखरेल, बिशुकुमार के.सी. र डा. मेघराज ढकालको सो कार्यक्रममा विशेष आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि तथा विशेष अतिथिहरुले मन्तव्य र कविता वाचन गर्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण र कविता वाचन, परशुराम पराजुलीको स्वागत मन्तव्य र कविता वाचन सुरुभएको सो कार्यक्रममा, कृष्णप्रसाद पौडेल, कृष्णा श्रेष्ठ, र घमा खनाल भट्टराईलाई सुन्दर कविता प्रस्तुतिको लागि प्रोत्साहनपरक पुरस्कार प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद मन्तव्य र रचना वाचन रहेको थियो । अन्य सहभागी तथा कविता वाचन गर्नेहरुमा राजेशमान के.सी., सुशील आचार्य, सरिता दुलाल घिमिरे, बुर्लाकोटी, वासुदेव पौडेल, घनश्याम प्रसाई, सुमन पुडासैनी मित्र, बि.पी. इलामे, मेनका पोखरेल आचार्य, अच्युत घिमिरे, गीता बराल, सुमित्रा श्रेष्ठलगायत ४० जनाको उपस्थिति रहेको थियो ।

स्मरण रहोस असोज महिनाको अन्तिम शनिबार दशमी टीका पर्न गएकोले आजै सो र्कायक्रम सम्पन्न गरिएको हो ।

०००
– वेदमणि घिमिरेकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x