फित्काैली डटकमकल्पना खरेलको उपन्यास “भृकुटीतारा” लोकार्पित
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताउनु भयो ।

काठमाडौं, २०८१ असोज १७ । साहित्यिक पत्रकार संघले आज उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नु भएको हो ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताउनु भयो ।
कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा लोकार्पित कृतिका उपन्यासकार कल्पना खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी गराउनु भयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, कृति प्रकाशन संस्था मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेल, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री लगायतले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने अनेसास नेपालकि निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले उपन्यासकार खरेलको परिचय राख्नु भएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गर्नु भएको थियो ।
कृतिकार खरेलका यसअघि चार उपन्यास, कथा र गीतका कृतिहरू प्रकाशित रहेका छन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं सर्जक गोपाल थपलिया, अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकारहरू विमल भौकाजी, दिव्य गिरी, शिव प्रधान, भगवती बस्नेत, डा. शान्तिमाया गिरी, रन्जना निरौला, रमेश दाहाल, रुद्र अधिकारी, इन्दिरा ढकाल, रश्मि रिमाल लगायत उर्मिला खरेल, प्रतीक्षा खरेल, कामना मैनाली, करिष्मा मैनाली लगायतको उपस्थिति रहेको थियो ।
०००
– राधेश्याम लेकालीद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest






































