सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दाङमा बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

वरिष्ठ सङ्गीतज्ञ गोविन्दराज श्रेष्ठको विशिष्ट आथित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecom ad

दाङ, २०८१ कार्तिक १ । राप्ती साहित्य परिषद् दाङद्वारा आयोजित बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ सङ्गीतज्ञ गोविन्दराज श्रेष्ठको विशिष्ट आथित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

“स्रष्टा एक, प्रस्तोता अनेक -२०८१” शीर्षक दिइएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध एकल गजलहरू प्रस्तुत गरिएकाे थियाे भने आफ्नो जीवन नै साङ्गीतिक क्षेत्रमा समर्पण गरेर गायनको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल वरिष्ठ तथा चर्चित गायक गायिकाहरूको स्वर रहेको थियो ।

वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध गजलहरूमा विश्वकीर्तिमानी सङ्गीतकार तथा वरिष्ठ गायक सन्तोष श्रेष्ठ, चर्चित गायकहरू यादवनाथ योगी, सुशीलकुमार श्रेष्ठ, सन्तोष रजौरे र दीपलता उपाध्यायका सुमधुर स्वरह रहेकाे थियाे ।

गायकहरूलाई वाद्यवादनको बाँसुरीमा डम्बर खड्काथोकी, भायोलिनमा यतिराज अधिकारी, तबलामा सुशीलकुमार गुप्ता र हार्मोनियममा अनिल बुढाथोकीले साथ दिएका थिए । स्वयम् वरिष्ठ स्रष्टा नारायण नेपालले पनि आफ्ना केही गजलहरू प्रस्तुत गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले वृत्तचित्रमार्फत स्रष्टाको परिचय गराउनुभएको थियो । राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासीले गाइएका गजलहरूको समीक्षा गर्नुभएको थियो । नेपालका गजलमा समाजका दर्शन, प्रेम प्रणय, समयप्रतिका गुनासा, आक्रोश र विद्रोह जस्ता चेतना रहेको टिप्पणी गर्नुभयो ।

राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले कार्यक्रम अत्यन्त उत्कृष्ट र वा ! वा !! भन्ने खालको रहेको बताउनुभयो ।

त्यस्तै प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ सङ्गीतज्ञ गोविन्दराज श्रेष्ठले राप्ती साहित्य परिषद् दाङ शाखाले नेपाली भाषा कला सङ्गीतको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमको निरन्तरताको पनि कामना गर्नुभयो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्य तथा किशोरचन्द्र गौतमको स्वस्ति वाचनबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन चर्चित गीतकार प्रकाश केसी र राप्ती साहित्य परिषद् दाङ शाखाका सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

०००
– सुरेशकुमार पाण्डेद्वारा सम्प्रेषित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x