सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्यकार तथा प्राध्यापक रामहरि पाैडेलकाे निधन

प्रगतिशील लेखक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष, पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य, समालाेचक एवम् कथाकार प्रा.पौडेलको शुक्रबार दिउसाे निधन भएको हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक २ । साहित्यकार तथा प्राध्यापक रामहरि पाैडेलकाे निधन भएकाे छ ।

प्रगतिशील लेखक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष, पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य, समालाेचक एवम् कथाकार प्रा.पौडेलको शुक्रबार दिउसाे निधन भएको हाे ।

साँझ ४ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे परिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

कीर्तिशेष रामहरि पौड्यालकाे जन्म वि.सं.२००४, भाद्रमा, डिल्लीबजार काठमाडौंमा भएकाे हाे ।
एम्. ए. -अंग्रेजी / बी. एड. सम्मकाे औपचारिक शिक्षा ग्रहण गर्नु भएका पाैडेल लामाे समय भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गरेर सेवाबाट निवृत हुनु भएकाे थियाे ।

कथा सिर्जना र समीक्षा लेखनमा सक्रिय पाैडेल प्रगतिशील लेखक संघकाे सदस्य र एक कार्यकाल कार्यवाहक अध्यक्ष समेत रहनु भएकाे थियाे ।

पाैडेलकाे पहिलो प्रकाशित रचना कविता वि.सं. २०२२ मा प्रकाशित भएकाे थियाे भने उहाँका प्रकािशत कृतिहरूमा- १) सल्ला सुसाइदिन्छु -कथा संग्रह – वि. सं. २०४१, २) प्रतिनिधि नेपाली कथाहरु -वि. सं. २०४६ ३), भानुभक्त आचार्यदेखि माेदनाथ प्रश्रितसम्म (समीक्षा ,२०५०) हुन् ।

विभिन्न पत्र-पत्रिकामा कथा, कविता, निबन्ध,लेख, समालोचना र अखवारी लेखनमा समेत पाैडेल सक्रिय रहनु भएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x