साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार तथा प्राध्यापक रामहरि पाैडेलकाे निधन

प्रगतिशील लेखक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष, पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य, समालाेचक एवम् कथाकार प्रा.पौडेलको शुक्रबार दिउसाे निधन भएको हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक २ । साहित्यकार तथा प्राध्यापक रामहरि पाैडेलकाे निधन भएकाे छ ।

प्रगतिशील लेखक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष, पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य, समालाेचक एवम् कथाकार प्रा.पौडेलको शुक्रबार दिउसाे निधन भएको हाे ।

साँझ ४ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे परिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

कीर्तिशेष रामहरि पौड्यालकाे जन्म वि.सं.२००४, भाद्रमा, डिल्लीबजार काठमाडौंमा भएकाे हाे ।
एम्. ए. -अंग्रेजी / बी. एड. सम्मकाे औपचारिक शिक्षा ग्रहण गर्नु भएका पाैडेल लामाे समय भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गरेर सेवाबाट निवृत हुनु भएकाे थियाे ।

कथा सिर्जना र समीक्षा लेखनमा सक्रिय पाैडेल प्रगतिशील लेखक संघकाे सदस्य र एक कार्यकाल कार्यवाहक अध्यक्ष समेत रहनु भएकाे थियाे ।

पाैडेलकाे पहिलो प्रकाशित रचना कविता वि.सं. २०२२ मा प्रकाशित भएकाे थियाे भने उहाँका प्रकािशत कृतिहरूमा- १) सल्ला सुसाइदिन्छु -कथा संग्रह – वि. सं. २०४१, २) प्रतिनिधि नेपाली कथाहरु -वि. सं. २०४६ ३), भानुभक्त आचार्यदेखि माेदनाथ प्रश्रितसम्म (समीक्षा ,२०५०) हुन् ।

विभिन्न पत्र-पत्रिकामा कथा, कविता, निबन्ध,लेख, समालोचना र अखवारी लेखनमा समेत पाैडेल सक्रिय रहनु भएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x