साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.अब्दुल कलाम अन्तर्राष्ट्रिय कवि सम्मेलन २०२४ मा नेपाली कविहरू

भारतका पूर्व राष्ट्रपति डा एपीजे अब्लुल कलामका नाममा स्थापित यस संस्थाले कलामको ९३ औं जन्मोत्सवको सन्दर्भमा यो कार्यक्रम आयोजना गरेको थियो ।

Nepal Telecom ad

कोलकाता, १५ अक्टोबर २०२४ । डा. अब्दुर कलाम फाउन्डेसन  कोलकाताद्वारा टाउन हल हवाई कोलकातामा आयोजित अन्तरराष्ट्रिय कवि सम्मेलन सम्पन्न भएको छ । भारतका पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामका नाममा स्थापित यस संस्थाले कलामको ९३ औं जन्मोत्सवको सन्दर्भमा यो कार्यक्रम आयोजना गरेको हाे ।

भारतको राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रमको सुरुवातमा नै कलाकारहरूद्वारा बङ्गाली नृत्य, भारतीय सांस्कृतिक नृत्य, भरत नाट्यम, रविन्द्र नाट्यम, राजस्थानी भङ्डा नृत्य र मिले सुर मेरा तुमारा गीतमाथि नृत्य प्रस्तुत गरिएका थिए ।

अमेरिका, कतार, श्रीलङ्का, बङ्गलादेश, भुटान, नेपाल र भारतका विभिन्न प्रान्तबाट कविहरूको प्रतिनिधिमुलक उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय लोकसभाका सभामुख थोमस एस साङ्मा थिए ।

यस्तै विशिष्ट अतिथिहरूमा पश्चिम बङ्गालका उद्योग मन्त्री अरूप राय तथा प्रकोप व्यवस्थापन मन्त्री डा. जावेद अहमद लगायतका विभिन्न प्रशासनिक ओहोदाका व्यक्तिहरू, सामाजसेवीहरू समेत थिए ।

सांस्कृतिक झाँकीहरू अगाडि लगाउँदै, खदा, माला पहिर्याएर स्कटिङ गर्दै, पञ्चक ताली, पुष्पवृष्टिसमेत गराएर पाहुनालाई स्वागत गरी कार्यक्रम हलमा भित्र्याइएको थियो ।

 

कार्यक्रममा विभिन्न विधामा कलम चलाउनुहुने दर्जन बढी स्रष्टाहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने स्रष्टाहरूमध्ये नेपालबाट कवि विष्णु न्यौपाने र कवि सुभद्रा भट्टराई, सिलगढीबाट कवि ललिता जोशी क्षेत्री, दार्जिलिङबाट कवि शारदा स्टेफी, कतारको प्रतिनिधित्व गर्दै सहभागीता जनाउनुहुने नेपाली मूलका कवि रम्जान अलिमियाँ, असमबाट कवि दीपामणि कोच र हाल अमेरिका बस्तै आएका साहित्यकार मोहन सिटौला आदि थिए ।

चार चरणमा सम्पन्न यस कार्यक्रमको पहिलो चरणमा कविहरूलाई स्टेजमा राखी सम्मानका साथ आआफ्नो मातृभाषामा रचित कविता पाठ गराइएको थियो । दोस्रो चरणमा शुभकामना मन्तव्य दिनुहुने अतिथिहरूलाई मञ्चासिन गराइएको थियो भने तेस्रो चरणमा पुरस्कार तथा सम्मान र चौथो चरणमा कोरियोग्राफर दीलिप थापा मगरद्वारा तयार गरिएको नेपाली सांस्कृतिक नृत्य, बंगाली लोकनृत्य, र गायिका शारदा स्टेफीद्वारा हिन्दी गीत प्रस्तुत गरिएको थियो ।

संस्थाले भाषा साहित्यका अतिरिक्त पिछडिएका महिला तथा बालबालिकाहरूका लागि शिक्षा दिलाउने, स्वास्थ्योपचार गराउने, सीपमूलक तालिमहरू सञ्चालन गर्ने, स्वरोजगारका लागि मजबुत बनाउने आदि जस्ता अनेक कामहरू पनि गरिरहेको कुरा संस्था संस्थापक तथा सचिव अब्दुल खलिकले बताए ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अजयकुमारले गरेका थिए भने सञ्चालन कार्यक्रमका संयोजक डा. सन्दीप डे ले गरेका थिए ।

०००

-विष्णु न्यौपानेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x