साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोहिणी रसिकको ‘छन्द उपासना’ कवितासङ्ग्रह विमोचित 

विमोचित कृतिमाथि समालोचक छवि वैरागीले समीक्षा गरेका थिए । उनले कवितासङ्ग्रहमा सामाजिक विकृति विसङ्गतिप्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्यता रहेको बताए । 

Nepal Telecom ad

माेरङ, २०८१ कार्तिक १० । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपासना’ कवितासङ्ग्रहको विमोचन गरिएको छ ।

खोटाङ सामाजिक सेवा मञ्चले आयोजना गरेको कार्यक्रममा आज सो कवितासङ्ग्रहको विमोचन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’ लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि समालोचक छवि वैरागीले समीक्षा गरेका थिए । उनले कवितासङ्ग्रहमा सामाजिक विकृति विसङ्गतिप्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्यता रहेको बताए ।

त्यस्तै कविताहरूमा राष्ट्रप्रेम, मानवतावाद र विश्वशान्तिको कामना समेत गरिएको चर्चा गरे । सो अवसरमा साहित्यकार प्रिन्स प्रमोद ढकाल, चिरञ्जिवी काफ्ले, तुलसी अधिकारी, नारायणप्रसाद पोखरेल, तारा पराजुली लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।

शब्द मिडिया प्रकाशन प्रा.लि. (साहित्य पोष्ट) ले प्रकाशित गरेको सङ्ग्रहमा १२ वटा शास्त्रीय छन्दका ५९ वटा कविताहरू रहेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले सङ्ग्रहभित्रका कविताहरूले छन्दको मर्यादा पालना गरेको तथा कविले हरेक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै कवित्व प्रदान गर्नुभएकोले सङ्ग्रह पठनीय रहेको बताए ।

०००
– बाबुराम पाेखरेलद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x