साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल लाइब्रेरी फाउन्डेसनकाे पुस्तक चर्चा कार्यक्रम सम्पन्न

नेपाल लाइब्रेरी फाउन्डेसन, गृह पुस्तकालय अभियान जिल्ला समिति झापाकाे आयाेजनामा भएकाे कार्यक्रममा दुई दर्जनभन्दा बडी स्रष्टाहरुले आफूले पढेका पुस्तककाे बारेमा चर्चा गरेका थिए ।

Nepal Telecom ad

दमक, झापा २०८१ कार्तिक १० । नेपाल लाइब्रेरी फाउन्डेसन, गृह पुस्तकालय अभियान जिल्ला समिति झापाकाे आयाेजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा दुई दर्जनभन्दा बडी स्रष्टाहरुले आफूले पढेका पुस्तककाे बारेमा चर्चा गरेका थिए । पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्साेन काे “अल्फ्रेड नेटवर्क अफ इनाेभेसन” पुस्तककाे बारेमा, विशिष्ट अतिथिहरु परशुराम पराशरले कवि बिमल अर्यालकाे “आवरण” कवितासङ्ग्रहकाे बारेमा, बिन्दु दहाल मुकदर्शकले स्पन्दन विनाेदकाे “अविरल” खण्काव्यका बारेमा चर्चा गरेका थिए ।

त्यसैगरी शारदा पराजुलीले प्रदिप रत्न शाक्यकाे “म सडककाे प्रतिबिम्व ” कवितासङ्ग्रहका बारेमा, साहित्यकारहरु ओमप्रसाद खनालले उमानाथ भट्टराईकाे “अचल” महाकाव्यकाे बारेमा, मेघनाथ बन्धुले निर्मल भण्डारी र मणिराज जाेशीकाे “निर्मलमणि” संयुक्त कवितासङ्ग्रहकाे बारेमा चर्चा गरेका थिए ।

रामकुमार उपाध्यायले गाेपाल गोड्सेकाे “गान्धि हत्या र म” पुस्तककाे बारेमा, भगवती दवाडीले कवि ओम खनालकाे “निलाे आकाश” कवितासङ्ग्रहकाे बारेमा, विवेक दुलाल क्षेत्रीले अप्सरा पुडासैनीकाे “कुकुर बेचेर काेसेली” संस्मरण पुस्तककाे बारेमा र बिरेन्द्र खड्काले नवरङ्ग साहित्यिक पत्रिकाकाे बारेमा चर्चा गरेका थिए ।

साथै अन्य साहित्यकारहरु दुर्गा काफ्ले, गाेपाल दहाल, किराँती राजा, वासु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामना सहित रचना वाचन गरेका थिए ।

कार्यक्रम नेपाल लाइब्रेरी फाउन्डेसन, गृह पुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन नेपाल लाइब्रेरी फाउन्डेसन झापाका सचिव ओमप्रसाद खनालले गरेका थिए । दिउँसो ३ बजे सुरु भएको यो कार्यक्रम ५ बजे सम्पन्न भएको थियो !

०००
– ओमप्रसाद खनाल/परशुराम पराजुलीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x