साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजबिन्दु साहित्यिक पुरस्कार एवम् भेषजराज साहित्य सम्मान समर्पण

कालीगण्डकी गुरुकुलमको सभाहलमा प्रा. डा. शालिग्राम सुवेदीको प्रमुख आतिथ्य, चैतन्य कृष्णजीको विशिष्ट आतिथ्य, पूर्व सांसदद्वय शङ्कर पाण्डे र मोहन रेग्मी, डाक्टरद्वय टङ्कप्रसाद पन्थ र शङ्करप्रसाद गैह्रेलगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

स्याङ्जा, २०८१ कार्तिक २६ । दुर्गाखिमा फाउण्डेशनको विशेष सहयोगमा सम्पन्न भेषजराज साहित्य प्रतिष्ठानको भेषजबिन्दु साहित्यिक पुरस्कार एवम् भेषजराज साहित्य सम्मान समर्पण तथा नियमित रचनावाचनको ७८ औँ शृङ्खला सम्पन्न भयाे ।

रम्भा १ असेर्दी कालीगण्डकी गुरुकुलमको सभाहलमा प्रा. डा. शालिग्राम सुवेदीको प्रमुख आतिथ्य, चैतन्य कृष्णजीको विशिष्ट आतिथ्य, पूर्व सांसदद्वय शङ्कर पाण्डे र मोहन रेग्मी, डाक्टरद्वय टङ्कप्रसाद पन्थ र शङ्करप्रसाद गैह्रे, सम्मानित व्यक्तित्व डा. तर्कना शर्मा, पुरस्कृत व्यक्तित्व प्रा. डा. कृष्णप्रसाद न्यौपाने लगायतका विशिष्ट व्यक्तित्वहरूको समुपस्थिति थियाे ।

उक्त कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्षता, दुर्गाखिमा फाउण्डेशनका अध्यक्ष गोपाल (वेणीमाधव) कँडेलको स्वागत मन्तव्य, भेषजराज साहित्य प्रतिष्ठानका सदस्य दीपक लम्सालले धन्यवाद ज्ञापन, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालले सम्मानित पुरस्कृत व्यक्तित्वहरूको परिचय, प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाकाे सञ्चालन रहेकाे थियाे ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रह्लाद अर्याल, मातापिता प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रदीप बगाले वालिङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल, रेडियो आँधीखोलाकी अध्यक्ष शान्ता थापाको विशेष उपस्थिति रह्यो भने कविहरू शम्भु अर्याल, ढालबहादुर केसी, लेखनाथ काफ्ले हरि भट्टराई, भविश्वर पंगेनी,आमा दमकुमारी बगाले, हरि पंगेनी लगायतका स्रष्टाहरूले कविता वाचन गर्नु भएको थियो भने सयौँ महिला तथा सज्जन वृन्दहरूको उपस्थिति रहेको थियो ।

०००
-श्याम ढुंगानाद्वारा संप्रेषित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x