फित्काैली डटकमकृति लोकार्पण एवम् अन्तर्राष्ट्रिय सृजन सम्मान कार्यक्रम
वरिष्ठ साहित्यकार एवम् चित्रकार डा. राजेन्द्र परदेशी तथा डा.भाष्कर शर्माको अध्यक्षता र आईआरएस गोरखपुरका आयकर आयुक्त वरिष्ठ साहित्यकार अमलेन्दुनाथ मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।

भारत / १० नोभेबर २०२४ अर्थात् २५ कात्तिक २०८१ आइतवारका दिन “अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान एवम् “वर्तमान हिन्दी लेखन की दिशा औ दशा तथा कृति लोकार्पण कार्यक्रम” सम्पन्न भएको हो ।
सिद्धार्थनगर इटवा उत्तर प्रदेशअन्तर्गत डा. भाष्कर शर्माको होमियोप्याथी चिकित्सालय एण्ड रिसर्च सेन्टरको प्रेक्षालयमा दुई सत्रमा विभाजित कार्यक्रममा पालो गरी उत्तर प्रदेशका वरिष्ठ साहित्यकार एवम् चित्रकार डा. राजेन्द्र परदेशी तथा डा.भाष्कर शर्माको अध्यक्षता र आईआरएस गोरखपुरका आयकर आयुक्त वरिष्ठ साहित्यकार अमलेन्दुनाथ मिश्रको प्रमुख आतिथ्य रहेको थियो भने विहारका जिल्ला न्यायधीश एवम् वरिष्ठ साहित्यकार सुश्री प्रतिभा चौहान, नेपालका सांसद एवम् वरिष्ठ साहित्यकार डा. रेखा यादव , मिरिकका पूर्व नगरपालिका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार डा. कमला तामाङ, रतनसेन डिग्री कलेज सिद्धार्थनगरका सिनियर प्रोफेसर हंशराज कुशवाहा आदि स्रष्टाहरूको विशिष्ट आतिथ्य र हेका थिए ।
कार्यक्रममा नेपाल र भारतका स्रष्टाहरूलाई अन्तरराष्ट्रिय तथागत सृजन सम्मानद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा मिरिककी नारी हस्ताक्षर डा. कमला तामाङ, विहारका अमलेन्दुनाथ मिश्र र सुश्री प्रतिभा चौहान, नेपालका डा. रेखा यादव, नयाँ दिल्लीका डा. रघुवीर शर्मा, फैजावादबाट डा. सुरेश उजाला, नेपाली भाषा परामर्श समिति साहित्य सदस्य अमृता राणा र साहित्य अकादमी नयाँ दिल्लीका पूर्व सदस्य डा. जीवन राणा रहेका छन् ।
यसैगरी मञ्चासिन अतिथिवर्गको बाहुलीबाट तीनवटा कृतिहरूको पनि लोकार्पण गरिएको थियो जसमा प्रतिभा चौहानको “युद्धमा जीवन” (कवितासङ्ग्रह), स्रष्टाद्वय राजेन्द्र परदेशी र कमला तामाङको सम्पादकत्वमा प्रकाशित कृति “भारत नेपालकी लघुकथाएँ” (कथासङ्ग्रह) र सूर्यप्रसाद लाकोजूद्वारा अनुदित राजेन्द्र परदेशीका “चयनित कथाहरू” (कथासङ्ग्रह) रहेका थिए ।
त्यसैगरी सो अन्तर्राष्ट्रिय सम्मान कार्यक्रमको अवसरमा साहित्य – कला वा सिर्जनाका विभिन्न विधाहरूमा योगदान पुर्याएवापत् साहित्य सृजन सम्मानबाट पनि नेपालभारतका गरी करिब दर्जन स्रष्टाहरू सम्मानित भएका थिए जसमा मिरिकका सिने कलाकार सकिला गुरुङ, मिरिकका कथाकार दीप प्रधान र गजलकार मनोहर शर्मा, पत्रकार मुस्कान राई खेसहाङ, सिक्किमका कवि लुइस विष्ट, ललित लोहार, दार्जिलिङका अमला सुब्बा, मञ्जुला सुब्बा तामाङ, खर्साङका पवित्र राई , मनोहर राई , कलकताबाट बेबी कारफामा, असमबाट रुद्र बराल, अनुभवमा कट्टेल, डुवर्सबाट अशोककुमार रोक्का, कालेबुङबाट मुकेशकुमार ठाकुर , बेगुसरायबाट प्रदीप बिहारी, नेपाल तनहुबाट आकाश अधिकारी, दीवाकर भट्टराई, नेपाल विराटनगरबाट रामबाबु दाहाल, मधु पोखरेल, नेपालबाट सुश्रीद्वय देवीका निरौला, विरङ्गना योगी, सूर्यप्रसाद लाकोजू , कलकताबाट सुश्री रानु रायजी, बिहारबाट पङ्कजकुमार पाण्डे, सिद्धार्थनगरबाट प्राडा अजयकुमार र लक्ष्मण पाण्डे र मौलाना मुञ्जाम्मिल हुसैन, कैथवलियाबाट प्रधानाध्यापक हरिश्चन्द्र र असमबाट आशादेवी कट्टेल रहेका छन् ।
आयोजकको पक्षबाट सम्बन्धित व्यक्तित्वहरूलाई प्रसंशापत्र, स्मृति चिह्न र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उसैगरी उपस्थित स्रष्टाहरूले आ-आफ्ना भाषाका रचना सुनाएर आयोजकलाई धन्यवाद एवम् आभार व्यक्त गरेका थिए ।
राजेन्द्र परदेशी र तथागत कला साहित्य संस्थान इटवा उत्तर प्रदेशका संरक्षक एवम् संयोजक भाष्कर शर्माले भाषाको व्यापकता, स्रष्टाको ऊर्जाको लागि सम्मान, अनुवाद र सिर्जना लेखनको तीब्रता आदिको बारे बोल्दै आगामी दिनहरूमा यी र यस्ता किसिमका कर्मका लागि नेपालभारतका सबैखाले स्रष्टाहरूमा मानसिक रूपमा तयार हुन पनि आह्वान गर्नुभयो ।
सिद्धार्थ तथागत कला -साहित्य संस्थान इटवा बजारको आयोजनामा डा. राजेन्द्र परदेशीद्वारा कार्यक्रमको उद्देश्य र अौचित्यमाथि प्रकाश पारिएको थियो भने डा रघुवीर शर्माको सहजीकरण रहेको मिरिकका स्रष्टा कथाकार दीप प्रधानले जानकारी दिए ।
०००
-फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest





































